BIZMANDU
www.bizmandu.com

निक्कीमा कुनाल कायलको अध्यक्षतामा नयाँ नेतृत्व चयन, कार्यसमितिमा को-को?

२०८३ असोज ३०

निक्कीमा कुनाल कायलको अध्यक्षतामा नयाँ नेतृत्व चयन, कार्यसमितिमा को-को?
निक्कीमा कुनाल कायलको अध्यक्षतामा नयाँ नेतृत्व चयन, कार्यसमितिमा को-को?

काठमाडौं। नेपाल-भारत वाणिज्य तथा उद्योग चेम्बर (निक्की)मा नयाँ अध्यक्ष चुनिएका छन्।

GBIME
Tata

निक्कीको बिहीबार काठमाडौंमा भएको ३२औं वार्षिक साधारण सभाले कुनाल कायललाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको हो। कायल निक्कीमा यसअघि उपाध्यक्ष थिए। उनले निक्कीमा कोषाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

निक्कीमा करणकुमार चौधरी र गौरव तायलले उपाध्यक्ष, वर्णन लामिछानेले महासचिव र शैलजा अधिकारीले कोषाध्यक्षको जिम्मेवारी पाएका छन्।

ऊर्जा, उत्पादन, शिक्षा, दूरसञ्चार र व्यापार क्षेत्रका व्यवसायीलाई समिटिएको कार्यसमितिमा सञ्जय अग्रवाल, रमेश शर्मा, शैलेन्द्र गुरागाइँ, शशिकान्त अग्रवाल, सुशन कर्माचार्य, विनय उपाध्याय, आशिक श्रेष्ठ र चन्द्र टण्डन सदस्य छन्।