काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करण २०८३ साल फागुन १ गतेदेखि सुरु हुने भएको छ।
आज आयोजित कार्यक्रममा क्लबहरुकै अग्रसरतामा घरेलु फुटबललाई नयाँ उचाई दिने योजनासहित एनएफएल आयोजना गर्न लागिएको जानकारी दिइएको हो। नेपाली फुटबललाई पूर्ण व्यावसायिक बनाउने उद्देश्यका साथ यो लिग आयोजना हु लागेको आयोजकले जनाएको छ।
एनएफएलका अध्यक्ष कल्याण गुरुङका अनुसार तयारी अवधिसहित करिब ४ महिना चल्ने यो लिगमा घरेलु फुटबलका पुराना ७ सहरका क्लबहरुसहित नयाँ टिमहरुले प्रतिस्पर्धा गर्नेछन्।

लिगमा काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी रहनेछन् भने थप नयाँ सहरका टिमहरु पनि जोडिनेछन्।
रंगशालाको उपलब्धताका आधारमा ‘होम एन्ड अवे’ ढाँचामा प्रतियोगिता खेलाइनेछ। प्रतियोगितालाई निष्पक्ष ढंगले संचालन गर्न छुट्टै स्वतन्त्र समिति बनाइने गुरुङले विज्ञप्तिमार्फत जनाएका छन्।