BIZMANDU
www.bizmandu.com

कर्णाली करिडोरको नारापास-हिल्सा सडक ३ दिनभित्र सञ्चालनमा ल्याइने, हिउँ धमाधम पन्छाइँदै

२०८३ असोज ३०

कर्णाली करिडोरको नारापास-हिल्सा सडक ३ दिनभित्र सञ्चालनमा ल्याइने, हिउँ धमाधम पन्छाइँदै
कर्णाली करिडोरको नारापास-हिल्सा सडक ३ दिनभित्र सञ्चालनमा ल्याइने, हिउँ धमाधम पन्छाइँदै

काठमाडौं। अत्यधिक हिमपातका कारण अवरुद्ध कर्णाली करिडोरको नारापास-हिल्सा सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने भएको छ।

GBIME
Tata

यसका लागि पूर्वाधार विकास मन्त्रालयले आफ्नो डिभिजनल टोलीलाई परिचालन गरेको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मन्त्रालयको डिभिजनल टोलीले जोखिमपूर्ण अवस्थामा काम गरिरहेको बताएका छन्।

टोलीले करिब ४ हजार ५०० मिटर उचाई भएर पार हुने यो सडक खण्डको नाउरपानी क्षेत्रमा आवश्यक उपकरणसहित हिउँ पन्छाएर अवरुद्ध सडक खुलाउन काम गरिरहेको छ।

‘तीन दिनभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्यसहित आवश्यक जनशक्ति र उपकरण परिचालन गरिएको छ,’ लम्सालले भने।

उनले रोजगारीका लागि हिल्साबाट उत्तरतर्फ चीनको ताक्लाकोट पुगेका नागरिकलाई चाडपर्वमा घर फर्कन सहज होस् भन्ने उद्देश्यले सडक खुलाउने कामलाई तीव्रता दिइएको बताए।