BIZMANDU
www.bizmandu.com

नेपाल र हङकङबीच जनवरीमा दोहोरो करमुक्ति सम्झौताबारे प्रारम्भिक वार्ता हुने

२०८३ असोज ३०

नेपाल र हङकङबीच जनवरीमा दोहोरो करमुक्ति सम्झौताबारे प्रारम्भिक वार्ता हुने
नेपाल र हङकङबीच जनवरीमा दोहोरो करमुक्ति सम्झौताबारे प्रारम्भिक वार्ता हुने


काठमाडौं । नेपाल र हङकङबीच आगामी जनवरीमा दोहोरो करमुक्ति सम्झौता (डीटीएए) सम्बन्धी प्रारम्भिक द्विपक्षीय वार्ता हुने भएको छ।

GBIME
Tata

इन्डोनेसियाको जाकर्तामा आयोजित ब्रिटाकोफ सम्मेलनको अवसरमा नेपाल र हङकङका प्रतिनिधिमण्डलबीच साइडलाइन बैठक भएको थियो। उक्त बैठकमा आगामी जनवरीमा डीटीएएसम्बन्धी द्विपक्षीय वार्ता गर्ने तय भएको हो।

त्यसका लागि आवश्यक प्राविधिक तयारीलाई तीव्रता दिने विषयमा छलफल भएको आन्तरिक राजस्व विभागले जनाएको छ।

हङकङसँगै नेपालले युएईसँग पनि डीटीएए गर्ने छलफल अगाडि बढाएको छ। यसका लागि गत महिना प्रारम्भिक छलफल भइसकेको छ।

नेपालको हाल १० देशसँग दोहोरो करमुक्तिको सम्झौता छ। मौरिसससँगको सम्झौता गत वर्ष खारेज गरिएको थियो।  

भारत, चीन, बंगलादेश, पाकिस्तान, श्रीलंका, नर्वे, थाइल्यान्ड, अस्ट्रेलिया, दक्षिण कोरिया र कतारसँग डीटीएए छ। सम्झौता भएका देशहरूमा लगानीकर्ताले एउटै आयमा दुईतिर कर तिर्नुपर्दैन।