BIZMANDU
www.bizmandu.com

चाडपर्वका लागि राष्ट्र बैंकले वालेटमा पैसा जम्मा गर्ने सीमा बढायो, अब दिनमा ५० पटकसम्म

२०८३ असोज ३०

चाडपर्वका लागि राष्ट्र बैंकले वालेटमा पैसा जम्मा गर्ने सीमा बढायो, अब दिनमा ५० पटकसम्म
चाडपर्वका लागि राष्ट्र बैंकले वालेटमा पैसा जम्मा गर्ने सीमा बढायो, अब दिनमा ५० पटकसम्म

काठमाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा संख्या बढाएको छ।

GBIME
Tata

राष्ट्र बैंकले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी वालेटमा रकम जम्मा गर्ने सीमा संख्या बढाएको हो। प्राकृतिक व्यक्तिको वालेटमा हाल एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकामा त्यो सीमा अब ५० पुर्‍याइएको छ।

यो व्यवस्था दसैंका लागि असोज ३१ गते शनिबारदेखि कात्तिक ८ गतेसम्म तथा तिहार र छठका लागि कात्तिक २१ देखि २९ गतेसम्म लागू हुनेछ।