BIZMANDU
www.bizmandu.com

यस्तो बन्यो कांग्रेसमा गगन नेतृत्वको पदाधिकारी टिम, देउवा समूहबाट आएका ४ जना बने सहमहामन्त्री

२०८३ असोज ३०

यस्तो बन्यो कांग्रेसमा गगन नेतृत्वको पदाधिकारी टिम, देउवा समूहबाट आएका ४ जना बने सहमहामन्त्री
यस्तो बन्यो कांग्रेसमा गगन नेतृत्वको पदाधिकारी टिम, देउवा समूहबाट आएका ४ जना बने सहमहामन्त्री


काठमाडौं। कांग्रेसको १५औं महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ। गगन थापा सभापतिमा निर्वाचित भएका छन्। गत पुसमा भएको विशेष महाधिवेशनबाट नेतृत्व लिएका थापाले खसेको कुल ७ हजार ३९ मतमा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्।

GBIME
Tata

थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए। सभापतिमा तीनजनाको उम्मेदवारी परेपनि अन्तिम समयमा थापाको आग्रहमा किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका थिए।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति (महिला)मा पुस्पा भुसाल निर्विरोध भए। खुला उपसभापतिमा डा चन्द्र भण्डारी र मधु आचार्य निर्वाचित भएका छन्।

समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका छन्।

कांग्रेसमा महत्वपूर्ण र आकर्षक मानिएको महामन्त्री पदमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा डिला संग्रौला निर्वाचित भएका छन्।

संग्रौला कांग्रेसको पहिलो निर्वाचित महिला महामन्त्री बन्न सफल भएकी छन्।

कांग्रेसमा सहमहामन्त्रीको पद यसपटक बढाएर ८ बाट १५ पुर्‍याइएको छ। जसमध्ये ४ पदमा सभापतिले मनोनित गर्न पाउनेछन् भने ११ जना निर्वाचित हुने व्यवस्था विधानमा गरिएको छ।

१५औँ महाधिवेशनबाट खुलातर्फको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। महिलातर्फ सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित हुँदा आदिवासी जनजातितर्फ बहादुरसिंह लामा तामाङ निर्वाचित भएका छन्।

दलित कोटाबाट प्रकाश रसाइली स्नेही निर्वाचित हुँदा मधेशी कोटाबाट अजयकुमार चौरसिया, पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित भएका छन्।

मुस्लिमतर्फ मोहम्मद फिरदोस आलम निर्वाचित हुँदा अल्पसंख्यक सहमहामन्त्रीमा आङगेलु शेर्पा निर्वाचित भए। खसआर्यतर्फ मनोजमणि आचार्य र थारु सहमहामन्त्रीमा योगेन्द्र चौधरी निर्वाचित भएका छन्।

पदाधिकारीमा ४ जना देउवा समूहका नेता

१९ जना पदाधिकारीका लागि भएको निर्वाचमा ४ जना देउवा समूहका नेता निर्वाचित भएका छन्। महाधिवेशनको अन्तिम समयमा पूर्वसभापति शेरबहादुर देउवा समूह छाडेर उम्मेदवारी दिएको ४ जना सहमहामन्त्री पदमा निर्वाचित भएका हुन्।

यसरी सहमहामन्त्रीमा निर्वाचित हुनेहरुमा खुलामा रामहरि खतिवडा, मधेशी कोटामा अजयकुमार चौरसिया, पिछडिएको क्षेत्रमा जीवनबहादुर शाही र अल्पसंख्यक कोटामा आङगेलु शेर्पा हुन्। यी नेताहरु महाधिवेशनको अन्तिम चरणमा देउवा समूहबाट संस्थापन प्रवेश गरेका हुन्।

पदाधिकारी अधिकांश फागुन २१ मा पराजित

कांग्रेस पदाधिकारीमा गत फागुन २१ गतेको निर्वाचनमा पराजित हुनेहरुको लर्को देखिन्छ। सभापति गगन थापा आफै सर्लाही ४ बाट रास्वपा सांसद अमरेशकुमार सिंहसँग पराजित भएका थिए।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति भुसाल निर्वाचनमा उम्मेदवार बनेनन्।

डा चन्द्र भण्डारी गुल्मीमा रास्वपाका सागर ढकालसँग पराजित हुँदा अर्का उपसभापति मधु आचार्य काभ्रे– २ मा रास्वपाका बदनकुमार भण्डारीसँग पराजित भएका थिए।

समावेशी उपसभापतिमा विनोदकुमार चौधरी नवलपरासीबाट पराजित भए। महामन्त्री प्रदीप पौडेल काठमाडौं–५ मा सस्मित पोखरेलसँग पराजित हुँदा उदयशमशेर राणा ललितपुरमा रास्वपाका बुद्धरत्न महर्जनसँग पराजित भएका हुन्।

महिला महामन्त्री डा डिला संग्रौलाले चुनावमा भाग लिएनन्। सहमहामन्त्री शिवाकोटी दोलखामा जगदिश खरेलसँग, दलित कोटाबाट सहमहामन्त्री बनेका प्रकाश रसाइली स्नेही बझाङमा ऐन महरसँग पराजित भएका थिए।

मधेशी कोटाबाट सहमहामन्त्री बनेका अजयकुमार चौरसिया पर्सा–२ मा पराजित भएका थिए। कांग्रेस पदाधिकारीमा मुस्लिमतर्फ सहमहामन्त्रीमा निर्वाचित मोहम्मद फिरदोस आलम प्रतिनिधि सभामा निर्विचित एक्ला सांसद बनेका छन्। उनी कांग्रेसका दिवंगत नेता अफताब आलमका छोरा हुन्। अर्का सहमहामन्त्री योगेन्द्र चौधरी दाङ १ मा रास्वपाका देवराज पाठकसँग पराजित भएका थिए।

१४औं महाधिवेशनमा को कुन् गुटमा ?

उपभापतिमा निर्वाचित डा चन्द्र भण्डारी र मधु आचार्य डा शेखर कोइराला समूहमा थिए। समावेशी उपसभापतिमा निर्वाचित अर्बपति चौधरी देउवा समूहमा थिए। भण्डारी, आचार्य र चौधरी विशेष महाधिवेशनमा गगन समूहमा लागेका हुन्।

महामन्त्रीमा निर्वाचित प्रदीप पौडेल कृष्णप्रसाद सिटौला समूहमा र उदयशमशेर देउवा समूहमा सक्रिय थिए। विशेष महाधिवेशनमा पौडेलले महामन्त्री पाउँदा उदयशम्शेरले सहमहामन्त्री पद पाएका थिए।

यसैगरी सहमहामन्त्रीमा निर्वाचित बहादुरसिंह लामा र योगेन्द्र चौधरी पनि विशेष महाधिवेशनमा सहमहामन्त्री नै थिए। दुबै जना विशेष महाधिवेशनअघि देउवा समूहका नेता थिए।

यस्तो छ गगनको पदाधिकारी टिम

क्रसनामपदक्लस्टरनिर्वाचित विधि
१गगन थापासभापतिनिर्वाचित
२विश्वप्रकाश शर्मावरिष्ठ उपसभापतिनिर्विरोध
३पुष्पा भुसालउपसभापतिमहिलानिर्विरोध
४डा चन्द्र भण्डारीउपसभापतिखुलानिर्वाचित
५मधु आचार्यउपसभापतिखुलानिर्वाचित
६विनोदकुमार चौधरी उपसभापतिसमावेशीनिर्वाचित
७प्रदीप पौडेलमहामन्त्रीखुलानिर्वाचित
८उदयशमशेर राणामहामन्त्रीखुलानिर्वाचित
९डा डिला संग्रौलामहामन्त्रीमहिलानिर्वाचित
१०रामहरि खतिवडा सहमहामन्त्रीखुलानिर्वाचित
११अजयबाबु शिवाकोटी सहमहामन्त्रीखुलानिर्वाचित
१२प्रतिमा गौतम सहमहामन्त्रीमहिलानिर्वाचित
१३बहादुरसिंह लामा तामाङ सहमहामन्त्रीआदिवासीनिर्वाचित
१४प्रकाश रसाइली स्नेही सहमहामन्त्रीदलितनिर्वाचित
१५अजयकुमार चौरसिया सहमहामन्त्रीमधेसीनिर्वाचित
१६जीवनबहादुर शाही सहमहामन्त्रीपिछडिएकोनिर्वाचित
१७मोहम्मद फिरदोस आलम सहमहामन्त्रीमुस्लिमनिर्वाचित
१८आङगेलु शेर्पा सहमहामन्त्रीअल्पसंख्यकनिर्वाचित
१९मनोजमणि आचार्य सहमहामन्त्रीखस आर्यनिर्वाचित
२०योगेन्द्र चौधरी सहमहामन्त्रीथारुनिर्वाचित
२१बाँकीसहमहामन्त्रीमनोनित
२२बाँकीसहमहामन्त्रीमनोनित
२३बाँकीसहमहामन्त्रीमनोनित
२४बाँकीसहमहामन्त्रीमनोनित
२५बाँकीकोषाध्यक्षमनोनित

को को बने खुलातर्फ महिला केन्द्रीय सदस्य?

केन्द्रीय सदस्य महिला खुलातर्फ संसदीय दलकी प्रमुख सचेतक वासना थापा, सांसद उर्मिला थपलिया र लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी विजयी भएका छन्।

पूर्वसांसद कुसुमदेवी थापा र पूर्व राष्ट्रियसभा सदस्य धनाकुमारी थापा, इजरायल ठगी प्रकरणमा मुछिएकी विनिता खड्कासँगै अनिता देवकोटा, लक्ष्मी पाण्डे, सृजना अधिकारी र मुना भुसाल पनि केन्द्रीय सदस्य बनेका छन्।

यसैगरी चिनी पोखरेल (चिनु), कल्पना तिवारी, रिता थापामगर, गंगा दाहाल र उमा दाहाल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

केन्द्रीय सदस्य (महिला खुला)मा ३६ जना चुनावी प्रतिष्पर्धामा थिए। कांग्रेसको विधानअनुसार यो क्लस्टरअन्तर्गत १५ जना निर्वाचित हुने व्यवस्था छ।

को को बने खुलातर्फ पुरुष केन्द्रीय सदस्य?

४५ खुला केन्द्रीय सदस्यमा ललितपुरका मेयर चिरीबाबु महर्जनले लोकप्रिय मत पाए। महर्जनले ५३३० मत पाउँदै निर्वाचित हुँदा खुला केन्द्रीय सदस्यमा निश्कल राई, ईन्द्रबहादुर बानियाँ, प्रा.डा. गोविन्दराज पोखरेल, ई. मोहन आचार्य, जितनारायण श्रेष्ठ, प्रवल थापा निर्वाचित भएका छन्।

यसैगरी गणेश लामा, राजिव कोइराला, हिमाल दत्त श्रेष्ठ, डा. शोभाकर पराजुली, बिद्वान गुरुङ, अर्जुन प्रसाद जोशी, ई. अमृत ज्ञवाली, ई. नवराज त्रिपाठी, सन्दीप राना, भरत कुमार शाह, नरेन्द्र कुमार केरुङ, मिन कृष्ण महर्जन, बलदेव तिमल्सिना, महेश खरेल, जन्मजय तिमिल्सिना, युवराज पाण्डेय पनि खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

कुमार लुइटेल, ई. ऋषि कोइराला, ई. दिपकबाबु कँडेल, उज्जवल प्रसाद बराल, किरण के.सी, दिपक भट्टराई, महेन्द्र कुमार शर्मा, डा. सुरज राज काफ्ले, डा. मुकेशराज काफ्ले, मदन कृष्ण श्रेष्ठ, प्रमोदहरि गुरागाई, लेखनाथ पोख्रेल, किरण किशोर घिमिरे, रवि सिंह, डा. कृष्ण प्रसाद पौडेल, तिलक बहादुर रानाभाट, प्रदिप कुमार सुनुवार, प्रकाश सिंह कार्की, डा. मुक्तिराम श्रेष्ठ, कृष्ण रिजाल, निलकण्ठ रिजाल र सुधान्सु कोइराला पनि ४५ भित्र अटेका छन्।

महाधिवेशन अघि देउवा समूह छाडेका श्यामकुमार घिमिरे भने ४६ नम्बरमा परेर केन्द्रीय सदस्य बन्न पाएनन्।

आदिवासी जनजातितर्फ महिला र पुरुष २० केन्द्रीय सदस्य

जनजाति महिलातर्फ जनजाति महिलातर्फ गीता गुरुङ, डा.गङ्गालक्ष्मी अवाल, रेणुका काउछामगर, सपनाराज भण्डारी जोशी , सिता कुमारी राना मगर, प्रमिला राई, लीलादेवी बोखिम लिम्बु, पुनम लामा निर्वाचित भएका छन्। 

आदिवासी जनजाति खुलामा तीर्थ लामा, ई अनुप श्रेष्ठ, डा. प्रेमध्वज लामा, कर्मा छेरिङ शेर्पा, टेकप्रसाद गुरुङ, भीम श्रीस मगर , रामकृष्ण चित्रकार, बुद्ध लामा, गेल्जे लामा शेर्पा, वंशलाल तामाङ, अमृत गुरुङ र सुशील गुरुङ निर्वाचित भएका छन्।

दलित क्लस्टरबाट १४ जना केन्द्रीय सदस्य

दलित महिला ५ सदस्यका लागि १६ जनाबिच प्रतिस्पर्धा भएकोमा कमला नेपाली, छाँया सुनार, रुपा बिक, शान्ति परियार बिक र सिता मिजार निर्वाचित भएका छन्।

दलित मधेसी तर्फको धमेन्द्र पासवान निर्वाचित भए। दलित खुला ८ सदस्यमा राजु परियार, शिवबहादुर सुनार, सागर परियार, हरिशरण नेपाली, अम्मरबहादुर बराइली, डा. डिबी सुनार, दिपक सोनी र मञ्जित ताम्राकार निर्वाचित भएका छन्।

३५ वर्ष मुनिका ७ जना खुला

३५ वर्ष मुनिका युवा क्लस्टरबाट खुलातर्फ ७ जना निर्वाचित भएका छन्। निर्वाचित हुनेमा इन्जिनियर अभिषेक आत्रेय, आदर्श मल्ल, डा.आयुस बगाले, ई.शैलेष मिश्र, सचिन तिमल्सेना, ई.रोशन बस्नेत र सुशील भट्ट छन्।

यो क्लस्टरमा भूगोलतर्फमा एक पुरुष र एक महिला गरी १४ जना थप केन्द्रीय सदस्य निर्वाचित भएका छन्। कांग्रेसमा २२७ पदका लागि असोज २१ गते मतदान भएको थियो।

केन्द्रीय सदस्य मधेशी ८ खुला

अनिल कुमार रुंगटा, रामकृष्ण यादव, डा. गरिव दास ठाकुर, जितेन्द्र नारायण देव, दिनेश कुमार यादव, असर्फी शाह, उमेश चन्द्र यादव, मि. अशोक कुमार शाह निर्वाचित भए।

महिला मधेशीतर्फ डा. मधु कुमारी ठाकुर, रेखा कुमारी यादव, अन्जु झा, मिनाक्षी झा र गिता कुमारी यादव निर्वाचित भए।

खसआर्य खुला १८ मा को को?

यो कोटामा ई. लक्ष्मण के.सी., भीम पराजुली, जगदीश चन्द्र उपाध्याय, राजेन्द्र के.सी.,जनार्दन सिंह क्षेत्री,उत्तमराज जोशी,अनुज चापागाई,कृष्ण प्रसाद कोइराला,माइकल रामचन्द्र अर्याल,गणेश सापकोटा निर्वाचित भए।

महिलातर्फ डा. भद्रा पराजुली भण्डारी, जानुका पन्त, गीता देवकोटा, कृष्ण कुमारी बस्नेत, बिनिता अधिकारी, जानकी सिंह, देवकी गौतम र चम्पा देवी खड्का निर्वाचित भए।

अरु क्लस्टरबाट को को बने केन्द्रीय सदस्य?

थारुतर्फ डा. भोगेन्द्र प्रसाद चौधरी, जनक राज चौधरी, वेद नारायण गच्छदार, साजन कुमार महतो, डा जीवन राना र डा प्रमिलाकुमारी गच्छदार निर्वाचित भए।

मुस्लिमतर्फ डा अताबुल मंसुरी, मो इर्शाद अन्सारी, अब्दुल रज्जाक गद्दी, जमिला खातुन र सनम वेगम पिछडिएको क्षेत्रतर्फ दिपकजंग शाह, सुशीला वम, अपंगतातर्फ अर्जुन शेरचन र प्रकाश पन्थ निर्वाचित भए।

भुगोलमा कोशीबाट मृदुला कोइराला, डम्बरबहादुर खड्का,मेदनीप्रसाद सिटौला र दीपनकुमार श्रेष्ठ, ३५ वर्ष मुनितर्फ डा योशिका भट्टराई, इ हेमकाजी बस्नेत निर्वाचित भए।

मधेशबाट मेघा शाही, डा अन्जनीकुमार झा, शम्भुबहादुर बुढाथोकी, विनोदकुमार खनाल, ३५ वर्ष मुनिबाट ममता शर्मा, गौरव पाण्डे निर्वाचित भए।

बागमतीबाट हरिप्रभा खड्की, प्राडा सुर्यकान्त घिमिरे, इ रोहित पौडेल, सन्तोस चालिसे, रजनी थापा ३५ वर्ष मुनिबाट, अंशुल केसी निर्वाचित बने।

गण्डकीबाट महिलामा सरस्वती अर्याल तिवारी, खुलामा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ, खुमाप्रसाद अर्याल, ३५ वर्ष मुनिबाट डा कला पन्त, ई सुवास पौडेल निर्वाचित भए।

लुम्बिनी प्रदेशबाट बालकुमार भण्डारी, कमलकिशोर घिमिरे, अमरप्रसाद भण्डारी, प्रचण्ड विक्रम न्यौपाने, ३५ वर्ष मुनिबाट सुष्मा पाण्डे र अनुराग खड्का निर्वाचित भए।

कर्णालीबाट रमादेवी खड्का, राजीवविक्रम शाह, खड्गबहादुर शाही, दिक्पालकुमार शाही, ३५ वर्ष मुनिबाट भगवती शाही, मोहन राना निर्वाचित भए।

सुदूरपश्चिम प्रदेशबाट अम्बिकाकुमारी चलाउने, जनक चटौत, दिवानसिंह विष्ट, बहादुर सिंह थापा, रिता शाही ३५ वर्ष मुनिबाट, ई भुवनराज भट्ट निर्वाचित भए।

नेपाली जनसम्पर्क समितिबाट सिता सापकोटा घिमिरे र चन्द्र अधिकारी, युरोप क्षेत्रबाट जितेन्द्रविक्रम शाही, ओसियाना अमेरिका क्षेत्रबाट सिए विद्याभुषण कार्की, मध्यपूर्व क्षेत्र पुरुषोत्तम खनाल, प्यासिफिक क्षेत्र डा बलराम श्रेष्ठ, भारतबाट बालकृष्ण पाण्डे निर्वाचित भए।

पेशागतबाट डा. केदार नरसिंह के.सी., प्रा.डा. जगदीश चन्द्र पोखरेल, वरिष्ठ अधिवक्ता सिताराम के.सी., डा. प्रदिप मिश्र, केशव निरौला, डा सिता पोखरेल, बाला अधिकारी, श्रमिकतर्फ खिलानाथ दाहाल, योगेन्द्र कुमार कुवँर र सितादेवी काफ्ले निर्वाचित बने।

काठमाडौं उपत्यकाबाट मोहनबहादुर बस्नेत र डा अमिता प्रधान शाक्य, प्रजातन्त्र सेनानीबाट सत्यनारायण माझी थारु, सहिद परिवारबाट बालकृष्ण दाहाल र द्वन्द्व प्रभावित परिवारबाट जनार्दन अर्याल केन्द्रीय सदस्यमा निर्वािचत बने।