BIZMANDU
www.bizmandu.com

काठमाडौं फिन्टेक फोनपेबाट सम्मानित, ‘फिन्टेक इकोसिस्टम विकासमा योगदानको सम्मान’

२०८३ असोज २९

काठमाडौं फिन्टेक फोनपेबाट सम्मानित, ‘फिन्टेक इकोसिस्टम विकासमा योगदानको सम्मान’
काठमाडौं फिन्टेक फोनपेबाट सम्मानित, ‘फिन्टेक इकोसिस्टम विकासमा योगदानको सम्मान’


काठमाडौं। नेपालको फिन्टेक इकोसिस्टम विकासमा उत्कृष्ट योगदान पुर्‍याएकोमा काठमाडौं फिन्टेक फोनपेबाट सम्मानित भएको छ।

GBIME
Tata

संस्थालाई ‘आउटस्ट्यान्डिङ कन्ट्रिब्युसन टु फिनटेक इकोसिस्टम डेभलपमेन्ट विधामा प्रदान गरिएको हो। काठमाडौं फिन्टेक स्थापनादेखि नै बैंक तथा वित्तीय संस्था, फिन्टेक कम्पनी, नियामक निकाय र अन्य सरोकारवालाहरूको क्षमता विकास, ज्ञान आदानप्रदान, तालिम, अनुसन्धान तथा डिजिटल वित्तीय रूपान्तरणमा सक्रिय छ।

सम्मानप्रति आभार व्यक्त गर्दै कम्पनीका संस्थापक सञ्जीव सुब्बाले फोनपेलाई धन्यवाद दिँदै सम्मान समग्र बैंकिङ तथा फिन्टेक क्षेत्र, नियामक निकाय, साझेदार संस्था र सञ्चारमाध्यमको सहयोगको प्रतिफल भएको बताए।

सुब्बाले आगामी दिनमा नेपालको बैंकिङ तथा फिन्टेक क्षेत्रमा थप नवीन र प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। डिजिटल युगका अवसर र चुनौतीलाई आत्मसात् गर्न सक्ने सक्षम नेतृत्व निर्माणमा उनले जोड दिए।

‘हामीले पुरस्कार र सम्मानका लागि भन्दा पनि नेपालको बैंकिङ तथा फिन्टेक क्षेत्रलाई सक्षम बनाउन र भविष्यको नेतृत्व विकासमा योगदान पुर्‍याउने उद्देश्यले काम गर्दै आएका छौं। यो सम्मानले हामीलाई अझ जिम्मेवार भएर अघि बढ्न प्रेरणा दिएको छ,’ सुब्बाले भने।

संस्थाले आगामी दिनमा पनि बैंकिङ तथा फिन्टेक इकोसिस्टमलाई थप सबल बनाउन, प्रविधिमैत्री जनशक्ति विकास गर्न र डिजिटल युग अनुकूल नेतृत्व तयार पार्न योगदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।