BIZMANDU
www.bizmandu.com

सेयर बजारमा एक वर्षमा थपिए ३४ कम्पनी, कुन समूहको पुँजीकरण हिस्सा कति?

२०८३ असोज २९

सेयर बजारमा एक वर्षमा थपिए ३४ कम्पनी, कुन समूहको पुँजीकरण हिस्सा कति?
सेयर बजारमा एक वर्षमा थपिए ३४ कम्पनी, कुन समूहको पुँजीकरण हिस्सा कति?


काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा एक वर्षमा ३४ वटा कम्पनी थपिएका छन्। नेप्सेमा सूचीकृत कम्पनीको संख्या चालु आर्थिक वर्षको भदौ मसान्तमा आइपुग्दा ३०५ पुगेको छ।

GBIME
Tata

सूचीकृत २०८२ भदौमा सूचीकृत कम्पनीको संख्या २७६ थियो।

हालसम्म सूचीकृत कम्पनीमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, १११ वटा जलविद्युत कम्पनी, ३१ वटा उत्पादन तथा प्रशोधन उद्योग, ९ वटा होटल, ७ वटा लगानी कम्पनी, ४ वटा व्यापारिक कम्पनी र १० वटा अन्य समूहका हुन्।

सेयर बजारमा सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको पुँंजीकरणको हिस्सा ५१.४ प्रतिशत
छ। जलविद्युत कम्पनीको १७.८, उत्पादन तथा प्रशोधन उद्योगको ८.७, लगानी कम्पनीको ६.९, व्यापारिक संस्थाको ४.१, होटलको ३.२ र अन्य समूहका कम्पनीको हिस्सा ८ प्रतिशत छ।

नेप्सेमा चालु आर्थिक वर्ष दुई महिनामा ९ अर्ब ४५ करोड बराबरको साधारण सेयर, १ अर्ब ५३ करोड बराबरको
बोनस सेयर, २३ करोड बराबरको हकप्रद सेयर र ८२ करोड बराबरको अन्य (मर्जरपश्चात्) गरी कुल १२ अर्ब
३ करोड रुपैयाँ बराबरको थप सेयर सूचीकृत भएका छन्।