BIZMANDU
www.bizmandu.com

सेयर बजार सूचक लगातार छैटौं दिन बढ्यो, नेप्से २६२५ अंकमा, ४.७१ अर्बको कारोबार

२०८३ असोज २९

सेयर बजार सूचक लगातार छैटौं दिन बढ्यो, नेप्से २६२५ अंकमा, ४.७१ अर्बको कारोबार
सेयर बजार सूचक लगातार छैटौं दिन बढ्यो, नेप्से २६२५ अंकमा, ४.७१ अर्बको कारोबार

काठमाडौं। सेयर बजार सूचक लगातार छैटौं दिन बढेको छ। नेप्से परिसूचक बिहीबार ४.६७ अंकले बढेर २६२५.९३ विन्दुमा पुगेको हो।

GBIME
Tata

बैंक, उत्पादनमूलक, व्यापार र अन्य बाहेकका उपसमूहले नेप्से घट्नबाट रोके। फाइनान्सको सूचक सबैभन्दा धेरै १.०३ प्रतिशतले उकालो लागेको छ।

बैंकिङको सूचक ०.१६ प्रतिशतले घटे पनि सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा कुमारी बैंक छ। कुमारीको २३ करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएको छ। बजारमा बिहीबार ४ अर्ब ७१ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ।

१७२ कम्पनीको सेयर मूल्य बढेको छ। बेनी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। ९० कम्पनीका लगानीकर्ताको सम्पत्ति भने घटेको छ।