BIZMANDU
www.bizmandu.com

चाडपर्वका कारण बढ्यो रेमिटेन्स, भदौमा भित्रियो २.२१ खर्ब, साउनमा भन्दा १५ अर्ब बढी

२०८३ असोज २९

चाडपर्वका कारण बढ्यो रेमिटेन्स, भदौमा भित्रियो २.२१ खर्ब, साउनमा भन्दा १५ अर्ब बढी
चाडपर्वका कारण बढ्यो रेमिटेन्स, भदौमा भित्रियो २.२१ खर्ब, साउनमा भन्दा १५ अर्ब बढी

काठमाडौं। चाडपर्वका कारण रेमिटेन्स बढेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ महिनामा २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ।

GBIME
Tata

पोहोर भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो। वैदेशिक रोजगारीमा जानेको संख्या पोहोर दुई महिनाको तुलनामा यसपालि केही कम भए पनि अमेरिकी डलरको मूल्य बढेका कारण यसपालि रेमिटेन्स बढेको हो।

यसपालि साउन र भदौमा १ लाख ३० हजार ४८३ युवा वैदेशिक रोजगारीमा गएका छन्। यो संख्या पोहोर दुई महिनामा १ लाख ३६ हजार थियो।

दुई महिनामा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। यो रकम पोहोर दुई महिनाको तुलनामा २३.९ प्रतिशत बढी हो।