BIZMANDU
www.bizmandu.com

अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न किन दिइयो निर्देशन ?  

२०८३ असोज २९

अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न किन दिइयो निर्देशन ?  
अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न किन दिइयो निर्देशन ?  


बलिउड अभिनेता इमरान खानलाई भारतको ‘फरेनर्स रीजनल रजिस्ट्रेशन अफिस’ ले अक्टोबर २८ भित्र देश छाड्न आदेश दिँदै नोटिस जारी गरेको छ।  

GBIME
Tata

अभिनेता आमिर खानका भान्जा समेत रहेका इमरान अक्टोबर १० मा मुम्बईमा विरोध प्रदर्शनमा सहभागी भएका थिए। भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार विरुद्ध आयोजना गरिएको सो विरोध प्रदर्शनमा उनलाई प्रहरीले ‘डिटेन’ गरेको थियो।

प्रदर्शनको क्रममा मुम्बई प्रहरीले उनलाई नियन्त्रणमा लिएको तस्विर र भिडियो निकै भाइरल बनेको थियो। मिडियाकर्मीहरुसँग बोल्दाबोल्दै उनलाई प्रहरीले तानेर भ्यानमा हालेको थियो।

इमरान खान अमेरिकी नागरिक हुन। उनी अमेरिकामा नै जन्मिएका हुन्।

भारतीय जनता पार्टीका नेताहरुले इमरान ‘ओभरसिज सिटीजन अफ इन्डिया’ कार्ड होल्डर भएको र उनले भारतमा राजनीतिक प्रदर्शनमा सहभागी भएर अध्यागमन नियम उल्लंघन गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए।

प्रहरी स्टेशनमा परेको उजुरीलाई सम्बन्धित कार्यालयमा पठाइएको थियो। त्यसपछि सरोकारवाला निकायले इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न निर्देशन दिएको हो। 

इमरानलाई भारत छाड्न दिइएको निर्देशनको अहिले आलोचना भइरहेको छ।