BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष कान्दाबीच भेटवार्ता, विपद्‍पछिको पुनर्निर्माणमा मागे सहयोग

२०८३ असोज २९

अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष कान्दाबीच भेटवार्ता, विपद्‍पछिको पुनर्निर्माणमा मागे सहयोग
अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष कान्दाबीच भेटवार्ता, विपद्‍पछिको पुनर्निर्माणमा मागे सहयोग

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सघाउन एसियाली विकास बैंक (एडीबी)लाई आग्रह गरेका छन्।

GBIME
Tata

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुने क्रममा थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डा. वाग्लेले एडीबीका अध्यक्ष मासातो कान्दासँगको भेटवार्तामा नेपाललाई सहयोग गर्न आग्रह गरेका हुन्।

अर्थमन्त्री वाग्लेले विपद्पश्चातको पुनरुत्थान, जलवायु उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढाउनका लागि स्रोत परिचालन गर्न बैंकका अध्यक्ष मासातो कान्दालाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

एडीबीका अध्यक्ष कान्दाले नेपालको विकासलाई उच्च प्राथमिकतामा राखेको जवाफ दिए। रहेको भेटवार्तामा अर्थसचिव डा. घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए।