BIZMANDU
www.bizmandu.com

म्यानपावर व्यवसायी कैलाश खड्का समातिए, वैदेशिक रोजगारी ठगीमा अनुसन्धान

२०८३ असोज २९

म्यानपावर व्यवसायी कैलाश खड्का समातिए, वैदेशिक रोजगारी ठगीमा अनुसन्धान
म्यानपावर व्यवसायी कैलाश खड्का समातिए, वैदेशिक रोजगारी ठगीमा अनुसन्धान

काठमाडौं। म्यानपावर व्यवसायी कैलाश खड्का पक्राउ गरेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार उनलाई ललितपुर क्षेत्रबाट पक्राउ गरेको हो।

GBIME
Tata

खड्काले रोजगारीका लागि मलेसिया जाने युवाहरूको बायोमेट्रिक समेत गर्ने गरेका थिए। उनको कम्पनीबाट मात्र बायोमेट्रिक गर्दा सरकारले तोकिएको भन्दा बढी रकम लिएको भन्दै प्रहरीले पक्राउ गरेको हो।

‘हामीलाई वैदेशिक रोजगारको केस भनिएको छ। तर अन्य कारणहरू पनि हुने देखिन्छ,’ सीआइबी स्रोतले भन्यो।

यसअघि सीआइबीले इजरायल पठाउने नाममा ठगी गरेको बन्दै बालिका खड्कालाई नियन्त्रणमा लिएको थियो। तर अदालतले हिरासतमा राखेर अनुसन्धान गर्नु नपर्ने भनेपछि उनी रिहा भएकी  थिइन्।