BIZMANDU
www.bizmandu.com

धनुषाको धनौजीका २३३ स्ववासी परिवारलाई जग्गा नापजाँचको ११ वर्षपछि लालपुर्जा

२०८३ असोज २९

धनुषाको धनौजीका २३३ स्ववासी परिवारलाई जग्गा नापजाँचको ११ वर्षपछि लालपुर्जा
धनुषाको धनौजीका २३३ स्ववासी परिवारलाई जग्गा नापजाँचको ११ वर्षपछि लालपुर्जा

काठमाडौं। धनुषाको धनौजी गाउँपालिका-३ का २३३ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा पाएका छन्।

GBIME
Tata

नापी कार्यालय धनौजीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी २३३ परिवारलाई लालपुर्जा वितरण गरेको हो।

साविक झोझी कटैया गाविस-१,२,३,४, ५, ६, ७, ८ र ९ मा लामोसमयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गा नापजाँचको काम २०७२ मै सम्पन्न भएको थियो। तर, आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा उनीहरुले लालपुर्जा पाउन सकेका थिएनन्।

अहिले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व स्थापित भएको छ। उनीहरुले अब जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन पाउनेछन्।