काठमाडौं। नेपालमा ओमोडा जेइकू गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि नेपाल क्रिकेट संघ (क्यान)सँगको सहकार्यलाई निरन्तरता दिएको छ।
एनपीएलको पहिलो संस्करणदेखि नै ‘ड्रिभनबाइ’ पार्टनरका रूपमा आबद्ध हुँदै आएको ओमोडा जेइकू यसपालि प्रतियोगिताको ‘पावर्डबाइ’ प्रायोजकका रूपमा जोडिएको छ।
यो सहकार्यले नेपाली क्रिकेटप्रति ब्रान्डको निरन्तर प्रतिबद्धता र देशमा बढ्दो खेलकुद संस्कृतिलाई प्रोत्साहन गर्ने प्रयासलाई थप सुदृढ बनाएको एसपीजी अटोमोबाइल्सले जनाएको छ। कम्पनीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’लाई ओमोडा जेइकू गाडी प्रदान गर्दै आएको छ।