काठमाडौं। रसुवागढी बाढीका कारण क्षति पुगेको रसुवाको स्याफ्रुबेँसी क्षेत्रमा यातायात पुनः सञ्चालनका लागि बेलिब्रिज जडानको कामलाई सरकारले तीव्रता दिएको छ।
बाढीले बगाएको पुल भएको स्थानमा अस्थायी बेलिब्रिज राख्ने तयारी अनुसार स्काभेटर प्रयोग गरी पहुँच मार्ग निर्माण गर्ने काम भइरहेको छ।
बाढीका कारण सडक सम्पर्कविच्छेद हुँदा स्थानीय बासिन्दाका साथै उत्तर-दक्षिण व्यापारिक आवतजावतमा असर परेको छ।
अस्थायी बेलिब्रिज स्थापना गर्नका लागि आवश्यक मेसिनरी तथा सामग्री निर्माण स्थलसम्म पुर्याउन पहुँच मार्गको कामलाई प्राथमिकता राखिएको छ।