काठमाडौं। व्यवसायी उपेन्द्र महतोले नेको इन्स्योरेन्समा छोरी कृति कुमारी महतोको नाममा रहेको १२ लाख कित्ता सेयर बेचेका छन्।
कृतिको नाममा रहेको सेयर नागरिक लगानी कोषले प्रति कित्ता २३२ रुपैयाँका दरले २७ करोड ८४ लाख रुपैयाँमा किनेको हो। कृतिको नामको सेयर नागरिक लगानी कोषको नाममा नामसारीका लागि समन्वय गर्न नेको इन्स्योरेन्सले बुधबार नेपाल स्टक एक्सचेन्जलाई पत्र लेखेको छ।
कृतिले सेयर बिक्रीका लागि इन्स्योरेन्समा गत असार ३० गते निवेदन दिएकी थिइन्। इन्स्योरेन्सले सञ्चालक समितिको स्वीकृति लिइ सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीसँग साउन ५ गते प्रस्ताव मागेकामा नागरिक लगानी कोषले मात्र खामबन्दी पेस गरेको थियो।
कृतिको नामको सेयर नागरिक लगानी कोषलाई बिक्री तथा नामसारी गर्न नेपाल बीमा प्राधिकरणले असोज २३ गते स्वीकृति दिएपछि कम्पनीले बुधबार नेप्सेलाई पत्र लेखेको हो।