काठमाडौं। माछापुच्छ्रे बैंकको २८औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ।
साधारण सभाले बैंकको संस्थापक सेयरधनीका तर्फबाट संचालक समितिमा रोशन केसी, मुकुन्द महत र कृति महतोलाई निर्विरोध निर्वाचित गरेको छ।
सर्वसाधारण सेयरधनीका तर्फबाट विश्वप्रकाश गौतमलाई निर्विरोध निर्वाचित भएका छन्। बैंक संचालक समितिको बुधबार नै बसेको बैठकले अध्यक्षमा आगामी ४ वर्षका लागि पुन: रोशन केसीलाई नै चयन गरेको छ।
सभाले बैंकको आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ६ प्रतिशत लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। जसमध्ये ३ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर हो।
बोनस सेयर वितरण पश्चात बैंकको साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। बैंकले गत आर्थिक वर्ष १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।