BIZMANDU
www.bizmandu.com

चक्रपथ आसपास कम्तीमा तीन रोपनी जग्गाको खोजीमा रास्वपा, किन्नका लागि माग्यो प्रस्ताव

२०८३ असोज २८

चक्रपथ आसपास कम्तीमा तीन रोपनी जग्गाको खोजीमा रास्वपा, किन्नका लागि माग्यो प्रस्ताव
चक्रपथ आसपास कम्तीमा तीन रोपनी जग्गाको खोजीमा रास्वपा, किन्नका लागि माग्यो प्रस्ताव


काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घरजग्गाको खोजीमा लागेको छ। रास्वपाले काठमाडौंको चक्रपथ भित्र वा चक्रपथबाट नजिकको दूरीमा कम्तीमा ३ रोपनी जग्गासहितको घर वा जग्गा किन्न खोजेको हो।

GBIME
Tata

घर जग्गा खरिदका लागि रास्वपाले बुधबार प्रस्ताव आह्वान गरेको छ। इच्छुक घरधनी/जग्गाधनीलाई प्रस्ताव पेस गर्न २१ दिनको समय दिइएको छ।

‘पार्टीको बढ्दो सांगठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वका लागि हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी केन्द्रीय कार्यालयलाई आफ्नै स्वामित्वको स्थायी संरचनामा स्थानान्तरण गर्ने असोज १७ गतेको केन्द्रीय समितिको निर्णयबमोजिम घर/जग्गा खरिद गर्नुपर्ने भएको छ,’ रास्वपाले आह्वान गरेको सूचनामा भनिएको छ, ‘आवागमनका दृष्टिले सहज, पर्याप्त भौतिक पूर्वाधार भएको र कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको घर वा ‌ पूर्वाधार निर्माण गर्न पुग्ने जग्गा आवश्यक परेको हुँदा, देहायका सर्त तथा मापदण्ड पूरा गर्ने इच्छुक घरधनी/जग्गाधनीबाट यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रस्ताव पेस गर्नुहुन अनुरोध गरिन्छ।’

घरजग्गा कम्तीमा २० फिटको सडकले छोएको हुनुपर्ने, कुनै बैंक तथा वित्तीय संस्थामा रोक्का नरहेको र कानुनी विवादमा नपरेको हुनुपर्ने सर्त छ।