काठमाडौं। सेयर बजार सूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक बुधबार २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेको छ
कारोबारमा आएका सबै उपसमूहले बजार बढाएका हुन्। बैंकिङ समूहको सूचक सबैभन्दा धेरै १.४५ प्रतिशतले बढेको छ। बजारमा १८८ कम्पनीको सेयर मूल्य बढेको छ। ऋणपत्रको सबैभन्दा धेरै कारोबार भएको छ।
८० कम्पनीको सेयर मूल्य घटेको छ। सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ६.३२ प्रतिशतले घटेको छ। सूचक बढे पनि कारोबार रकम घटेको छ।
मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँको सेयर किनबेच भएकामा बुधबार कारोबार रकम ४ अर्ब १३ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ।
कुमारी बैंकको सबैभन्दा धेरै २६ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। धेरै कारोबार हुने ५ कम्पनीको सूचीमा ३ वटा बैंक छन्।