काठमाडौं। सिटिजन्स बैंकको २०औं वार्षिक साधारण सभाले ४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ।
बैंकको बुधबार काठमाडौंमा भएको साधारण सभाले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर र त्यसको कर कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो।
बैंकको चुक्ता पुँजी यसअघि १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ रहेकामा अब ५८ करोड ९२ लाख ८३ हजार रुपैयाँ थपिएको छ।
साधारण सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पारित गरेको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बैंक संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले सेयरधनीबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारबाहीलाई अझ प्रभावकारी बनाउने बताए।