BIZMANDU
www.bizmandu.com

रसुवामा डेढ महिनापछि देखिए पर्यटक, व्यवसायी भन्छन्- हाम्रा लागि दसैंभन्दा ठूलो खुशी

२०८३ असोज २८

रसुवामा डेढ महिनापछि देखिए पर्यटक, व्यवसायी भन्छन्- हाम्रा लागि दसैंभन्दा ठूलो खुशी
रसुवामा डेढ महिनापछि देखिए पर्यटक, व्यवसायी भन्छन्- हाम्रा लागि दसैंभन्दा ठूलो खुशी


काठमाडौं। बेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान भएसँगै पर्यटकहरु लाङटाङ क्षत्रेमा जान थालेका छन्।

GBIME
Tata

भदौ १० गते भोटेकोशी बाढीले नुवाकोटको विदुरदेखि बेत्रावतीसम्मको सडक बजरमा परिणत भएपछि पर्यटकको ओहोरदोहोर ठप्प भएकामा फलाखु खोलामा बेलीब्रिज राखिएपछि लाङटाङ जाने क्रम सुरु भएको हो।

सदरमुकाम धुन्चे हुँदै लाङटाङ प्रवेशद्वारतर्फ बुधबार विदेशी पर्यटक बोकेका गाडीको ताँती लागेको छ। जसका कारण व्यवसायीहरुमा उत्साह छाएको छ।

‘बाढीले पुल बगाएपछि हाम्रा होटल रित्तिएका थिए। बुकिङ धमाधम रद्ध हुँदा यो सिजन नै बर्बाद हुने हो कि भन्ने ठूलो चिन्ता थियो। बेलीब्रिज बनेपछि आजबाट पर्यटकहरु राम्रै संख्यामा आएका छन्। यो हाम्रा लागि दसैँंभन्दा ठूलो खुसीको कुरा हो,’ धुन्चेका स्थानीय होटल व्यवसायी निशान गजुरेललाई उद्यृत गर्दै राससले जनाएको छ।

अब होटल, रिसोर्ट र पदमार्ग स्वदेशी/विदेशी पर्यटकले भरिभराउ हुनेमा व्यवसायी आशावादी छन्।

फलाखु खोलामा असोज २५ गते बेलीब्रिज जडान गरिएको थियो। लाङटाङ पर्यटकहरुको आकर्षक गन्तव्य मानिन्छ। लाङटाङमा ट्रेकिङका लागि अहिले उपयुक्त सिजन हो।