BIZMANDU
www.bizmandu.com

लक्ष्मी सनराइज बैंकको सीइओमा सुमेद भट्टराई नियुक्त, कात्तिक १५ देखि जिम्मेवारी सम्हाल्ने

२०८३ असोज २८

लक्ष्मी सनराइज बैंकको सीइओमा सुमेद भट्टराई नियुक्त, कात्तिक १५ देखि जिम्मेवारी सम्हाल्ने
लक्ष्मी सनराइज बैंकको सीइओमा सुमेद भट्टराई नियुक्त, कात्तिक १५ देखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं। लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुमेद भट्टराईलाई नियुक्त भएका छन्।

GBIME
Tata

बैंक सञ्चालक समिति बैठकले मंगलबार भट्टराईलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। उनको चार वर्षे कार्यकाल कात्तिक १५ देखि लागू हुनेछ।

सुमेद बैंकको अहिले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख कर्जा अधिकृत हुन्।