BIZMANDU
www.bizmandu.com

दसैंको अवसरमा जेटुर नेपालले खुलायो टी१ र टी२ एसयूभीको प्रि-बुकिङ

२०८३ असोज २८

दसैंको अवसरमा जेटुर नेपालले खुलायो टी१ र टी२ एसयूभीको प्रि-बुकिङ
दसैंको अवसरमा जेटुर नेपालले खुलायो टी१ र टी२ एसयूभीको प्रि-बुकिङ


काठमाडौं। दसैंको अवसरमा जेटुर नेपालले थापाथलीस्थित आफ्नो शोरुममा विशेष पूजापाठ गर्दै जेटुर टी१ र टी२ एसयूभीको प्रि-बुकिङ खुलाएको छ।

GBIME
Tata

कम्पनीले यी दुई मोडलका विभिन्न भेरियन्ट सार्वजनिक गर्दै मूल्यसमेत निर्धारण गरेको हो।

कम्पनीका अनुसार जेटुर टी१ प्लग-इन हाइब्रिड (पीएचइभी) भेरियन्टमा उपलब्ध हुनेछ। यसको मूल्य एक करोड ४२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै, जेटुर टी२ आइसीई अल-ह्विल ड्राइभ र प्लग-इन हाइब्रिड दुवै विकल्पमा उपलब्ध हुने जनाइएको छ। यसको मूल्य एक करोड ५५ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ।

जेटुर टी१ र टी२ आधुनिक डिजाइन, आकर्षक बनावट र प्रविधिमा केन्द्रित एसयूभी रहेको कम्पनीले जनाएको छ। टी१ को प्लग-इन हाइब्रिड प्रणालीले विद्युत् र इन्धन दुवैको प्रयोग गर्न सक्नेछ भने टी२ मा आईसीई एडब्ल्यूडी विकल्प पनि उपलब्ध हुनेछ।

इच्छुक ग्राहकले थापाथलीस्थित जेटुर शोरुममा गएर दुवै गाडी प्रत्यक्ष अवलोकन गर्न र यसका विशेषताबारे जानकारी लिन सक्नेछन्। ग्राहकले सोही शोरुमबाट आफ्नो रोजाइको मोडल प्रि-बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ।