काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा नियम विपरीत सवारीसाधन चलाउने चालकहरुलाई कारबाही गरेको छ।
प्रहरीले असोज २५ देखि २७ गतेसम्म ६० वटा सार्वजनिक सवारीसाधन र २२५ चालकलाई कारबाही गरेको हो। विवरण अनुसार यान्त्रिक अवस्था ठीक नभएका ६० वटा सार्वजनिक सवारीसाधन कारबाहीमा परेका छन्।
तीव्र गतिमा चलाउने ७६ वटा सवारीसाधन तथा मादक पदार्थ सेवन चलाउने १४९ जना चालक कारबाहीमा परेका छन्। कारबाहीमा परेका चालकमध्ये सार्वजनिक सवारीका चालक ९ जना रहेको प्रहरीले जनाएको छ।
कारबाहीमा परेका चालकमध्ये लागूऔषध सेवन गरी सवारीसाधन चलाउने ९ जना चालक रहेका छन्।