BIZMANDU
www.bizmandu.com

कांग्रेसको काँधमा आर्थिक रुपान्तरणको एजेन्डा, पहिलो प्राथमिकता यही हो : विनोद चौधरी

२०८३ असोज २७

कांग्रेसको काँधमा आर्थिक रुपान्तरणको एजेन्डा, पहिलो प्राथमिकता यही हो : विनोद चौधरी
कांग्रेसको काँधमा आर्थिक रुपान्तरणको एजेन्डा, पहिलो प्राथमिकता यही हो : विनोद चौधरी


काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विनोद चौधरीले देशमा अब आर्थिक रुपान्तरण हुनुपर्ने बताएका छन्। १५औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित चौधरीले महाधिवेशन नेता चयनमात्र नभएर नयाँ कार्यदिशा तय गर्नसमेत भएको बताए।

GBIME
Tata

चौधरीले सकारात्मक मानसिकतासहित उद्यम र व्यापारबाटमात्र मुलुक बन्न सक्ने बताए। ‘यो जेनजीको मुभमेन्टमा पनि देख्यौं हामीले,’ चौधरीले भने, ‘अबको महत्वपूर्ण प्राथमिकता आर्थिक रुपान्तरण हो। विश्वमा कस्तो कस्तो परिवर्तन भइरहेको छ भन्ने हामी ह्यान्ड फोनमा हेरिरहेका छौं। कसरी मुलुकहरुले आफूलाई परिवर्तन गर्दैछ भन्ने। तिनका अपेक्षा हामीले बुझेका छौं। तिनका अपेक्षाअनुरुप हामीले त्यस्तो नेपाल बनाउन पर्छ भन्ने सन्देश कांग्रेसले दिन सक्नुपर्छ।’

आधा नेपाल परदेशमा रहेको अवस्थामा कांग्रेसले जनताको आशाको रुपमा उभिनसक्नुपर्ने बताए। ‘कांग्रेसको काँधमा आर्थिक रुपान्तरणको एजेन्डा तेर्सिएको छ। अहिलेको महाधिवेशनले यही एजेन्डालाई कसरी लैजान्छ भन्नेमा जनताले हेर्नेछन्,’ चौधरीले भने।