BIZMANDU
www.bizmandu.com

गाडी रोकिने होटलमा बासी र न्यून गुणस्तरको खाना भेटिए चालक र संचालकलाई कारबाही हुने

२०८३ असोज २७

गाडी रोकिने होटलमा बासी र न्यून गुणस्तरको खाना भेटिए चालक र संचालकलाई कारबाही हुने
गाडी रोकिने होटलमा बासी र न्यून गुणस्तरको खाना भेटिए चालक र संचालकलाई कारबाही हुने


काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूलाई छन् सफा होटलमा स्वच्छ र गुणस्तरीय खाना खुवाउन यातायात व्यवस्था विभागले निर्देशनात्मक विज्ञप्ति जारी गरेको छ।

GBIME
Tata

सरसफाई विहीन होटलमा बासी, गुणस्तरहीन खाना खुवाएको र अत्यधिक मूल्य असुल गरेको जनगुनासो आएपछि यातायात व्यवस्था विभागले यो निर्देशन जारी गरेको हो।  

सार्वजनिक सवारीसाधनका चालकहरूले सफा, स्वच्छ र गुणस्तरीय खाना पाइने होटल तथा रेष्टुरेन्टमा मात्र खाजा/खानाका लागि गाडी रोक्न विभागले भनेको छ। सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको स्वच्छता स्टिकर टाँसिएका होटलमा खाना खाजा खान रोक्न भनिएको हो।  

न्यून गुणस्तरको खानाका कारण यात्रु बिरामी परेको पाइएमा सम्बन्धित सवारी चालक र होटल/रेष्टुरेन्ट संचालक दुवैलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।

होटल वा रेष्टुरेन्टमा खानाको स्वच्छता, गुणस्तरमा कमी वा मूल्यमा ठगी भएको पाइएमा यात्रुहरूले नेपाल प्रहरीको हेल्पलाइन नम्बर वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा जानकारी गराउन सक्ने विभागले जनाएको छ।