काठमाडौं। बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा
ल्याएको छ।
बढ्दो ग्राहक आधारलाई लक्षित गर्दै बिक्रीपछिको सेवा पूर्वाधार विस्तार गर्ने, सर्भिसको पहुँचलाई थप सहज बनाउने र सवारीसाधनको स्वामित्व अवधिभर ग्राहकलाई सहज रुपमा सेवाको अनुभव प्रदान गर्न नयाँ सर्भिस सेन्टर सञ्चानमा ल्याएको कम्पनीले जनाएको छ।
बीवाइडीको एसिया-प्यासिफिक अटो सेल्स डिभिजनका डेपुटी जनरल म्यानेजर झाङ जी, असिस्टेन्ट जनरल म्यानेजर र आफ्टर सेल्स हेड फेङ एरदोङले सर्भिस सेन्टर उद्घाटन गरेका छन्।
सर्भिस सेन्टर २५ हजार ७२.६० वर्गफिट क्षेत्रफलमा फैलिएको छ। यसलाई सेल्स, सर्भिस र स्पेयर पार्ट्स सम्बन्धी सुविधा एउटै स्थानमा उपलब्ध हुने ‘थ्रीएस’ सेन्टरका रूपमा विकास गरिएको कम्पनीले जनाएको छ।
भक्तपुरको मौलिक वास्तुकलाबाट प्रेरित सर्भिस सेन्टरमा ८ वटा सर्भिस बे उपलब्ध छन्। तीमध्ये पाँचवटा सञ्चालनमा आएका छन्। सर्भिस सेन्टरमा सवारीसाधन बिक्रीका लागि शोरुमसमेत चाँडै सञ्चालन गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले काठमाडौंको डल्लुमा सर्भिस सेन्टरको शिलान्यास गरेको छ।

शिलान्यासमा बीवाइडी एसिया-प्यासिफिक अटो सेल्स डिभिजनका डेपुटी जनरल म्यानेजर झाङ जी, असिस्टेन्ट जनरल म्यानेजर फेङ एरदोङ, अटो सेल्स डिभिजनका साउथ एसिया रिजन हेड अफ आफ्टर सेल्स लिउ सियाओफेङ, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र सीइओ साहिल श्रेष्ठ सहभागी थिए।