BIZMANDU
www.bizmandu.com

दसैंका लागि नयाँ र सुकिला नोट खोज्दै हुनुहुन्छ? बैंकहरुले दिन थाले सटही सुविधा

२०८३ असोज २७

दसैंका लागि नयाँ र सुकिला नोट खोज्दै हुनुहुन्छ? बैंकहरुले दिन थाले सटही सुविधा
दसैंका लागि नयाँ र सुकिला नोट खोज्दै हुनुहुन्छ? बैंकहरुले दिन थाले सटही सुविधा

काठमाडौं । बैंकहरुले दसैंलाई लक्षित गर्दै नयाँ तथा सुकिला नोट सटही सुविधा सुरु गर्न थालेका छन्।

GBIME
Tata

आज सूचना सार्वजनिक गर्दै बैंकहरुले ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सुकिला नोट सटही सुविधा सुरु गर्न थालेको बताएका हुन्।

सोमबार नबिल बैंकले सूचना मार्फत नयाँ नोट सटही सुरु गरेकोमा पुन: मंगलबार सिद्धार्थ बैंकले यो सुविधा सुरु गरेको जनाएको छ।

बैंकले असोज २६ गतेदेखि नयाँ तथा सुकिला नोट सटही सुविधा संचालन गरेको जनाएको छ।