काठमाडौं। सेयर बजारमा १०४ कम्पनीको मूल्य बढेको छ। जीवन बीमा, वाणिज्य बैंक, विकास बैंक, इन्भेष्टमेन्ट र निर्जीवन बीमा कम्पनीले बजार बढाएका हुन्।
नेप्से परिसूचक मंगलबार ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा पुगेको छ। जीवन बीमा उपसमूहको सूचक सबैभन्दा धेरै १.७७ प्रतिशतले बढेको छ।
बजारमा १६७ कम्पनीको सेयर मूल्य घटेको छ। स्नो रिभरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १२.४४ प्रतिशतले बढेको छ।
सूचकसँगै मंगलबार सेयर कारोबार रकम पनि बढेको छ। बजारमा सोमबार ४ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भएकामा मंगलबार ४ अर्ब ७३ करोड ७९ लाख रुपैयाँको किनबेच भएको छ।
घलेम्दी हाइड्रोपावरको ३६ करोड ४७ लाख र माउन्टेन इनर्जी नेपालको २५ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।