BIZMANDU
www.bizmandu.com

बेनी हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार मूल्य ९१.२७ देखि २७३.८१ रुपैयाँसम्म

२०८३ असोज २७

बेनी हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार मूल्य ९१.२७ देखि २७३.८१ रुपैयाँसम्म
बेनी हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबार मूल्य ९१.२७ देखि २७३.८१ रुपैयाँसम्म

काठमाडौं। बेनी हाइड्रोपावर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। कम्पनी र नेपाल स्टक एक्सचेन्जबीच मंगलबार सूचीकरण सम्झौता भएको छ।

GBIME
Tata

बेनी हाइड्रोपावर‍को १ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको सूचीकृत सेयरमध्ये २० प्रतिशतले हुन आउने २० लाख ८० हजार कित्ता सर्वसाधारण र बाँकी ८३ लाख २० हजार कित्ता संस्थापक हो।

कम्पनीले आइपीओमार्फत सर्वसाधारणलाई वितरण गरेको सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ। नेप्सेले कम्पनीलाई पहिलो कारोबार मूल्य ९१.२७ देखि २७३.८१ रुपैयाँ दिएको छ।

संस्थापकको सेयरमा भने तीन वर्ष लकइन अवधि लागू हुनेछ।