BIZMANDU
www.bizmandu.com

एनसेल ग्राहकले छानिएका सामसङ टिभी, फ्रिज र वासिङ मेसिनमा ३१ प्रतिशतसम्म छुट पाउने

२०८३ असोज २७

एनसेल ग्राहकले छानिएका सामसङ टिभी, फ्रिज र वासिङ मेसिनमा ३१ प्रतिशतसम्म छुट पाउने
एनसेल ग्राहकले छानिएका सामसङ टिभी, फ्रिज र वासिङ मेसिनमा ३१ प्रतिशतसम्म छुट पाउने


काठमाडौं । सामसङ नेपाल र एनसेलले एनसेल ग्राहकहरूका लागि विशेष दशैं अफर ल्याउन आधिकारिक रूपमा समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

GBIME
Tata

चुनिएका सामसङ टिभी, फ्रिज, र वासिङ मेसिनहरूमा उपभोक्ताहरूलाई अझ धेरै मूल्य र अझ रमाइला अनुभवहरू दिने प्रतिबद्धतालाई जोड दिन यो अभियान ल्याइएको जनाइएको छ। यो पहलले चाडपर्वको समयमा ग्राहकहरूका लागि होम इन्टरटेन्मेन्ट र अप्लाएन्सहरु अपग्रेड गर्नु अझ सजिलो र फाइदाजनक बनाउने लक्ष्य राख्ने भनिएको छ।

यस सहकार्य मार्फत एनसेल ग्राहकहरूले सामसङ को चलिरहेको चाडपर्व अफरहरू थप १२ प्रतिशतसम्मको छुट पाउन सक्नेछन्। यसले चुनिएका प्रोडक्टमा कूल अफर फाइदा ३१ प्रतिशत सम्म पुर्‍याएको जनाइएको छ।

यस सहकार्यले सामसङको चाडपर्वको अफर ‘स्मार्ट अपग्रेड’ घरमा, लक्की सर्प्राइज चाडमा!’ लाई अझै आकर्षक बनाएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ। यसले एनसेलका ग्राहकलाई यस चाडपर्वमा घरका लागि नयाँ टिभी, फ्रिज वा वासिङ मेसिन अपग्रेड गर्न थप फाइदा पुग्ने विश्वास लिइएको छ।

यो अफर लिन ग्राहकले एनसेल एपको पार्टनर्ड सर्भिसेस सेक्सनमा गएर आफूले पाउने छुट हेर्न सक्ने जनाइएको छ।

एनसेल प्याकमा गर्ने खर्चका आधारमा प्रत्येक ग्राहकले आफूलाई लागू हुने सामानमा छुटसहितको छुट्टै अफर पाउने जनाइएको छ। त्यसपछि अफर कोड लिएर नजिकैको सहभागी सामसङ आधिकारिक डिलरकहाँ गई आफूले चाहेको सामान किन्न सक्ने कम्पनीले जनाएको छ।