काठमाडौं। आइएमई खल्तीले नेपाल फिनटेक एक्स्पोमा आफ्ना विभिन्न डिजिटल वित्तीय सेवा, नयाँ उत्पादन तथा प्रविधिमा आधारित सुविधा प्रदर्शन गरेको छ।
फिनटेक अलायन्स नेपालले गरेको तीन दिने एक्स्पोमा आइएमई खल्तीले प्रयोगकर्ताको बदलिंदो आवश्यकता र डिजिटल जीवनशैलीलाई लक्षित गर्दै विभिन्न नयाँ उत्पादन सार्वजनिक गर्नुका साथै आफ्ना सेवा सुविधाबारे जानकारी दिएको हो।
एक्स्पोको पहिलो दिन आइएमई खल्तीले खल्ती कार्ड, इ-सिम र पर्सनल फाइनान्स च्यालेन्ज सार्वजनिक गरेको थियो। यी सेवामार्फत डिजिटल भुक्तानी, डिजिटल कनेक्टिभिटी र व्यक्तिगत वित्त व्यवस्थापनलाई थप सहज र प्रयोगकर्तामैत्री बनाउने कम्पनीको विश्वास छ।
कम्पनीले एक्स्पोको तेस्रो दिन खल्ती प्रो, स्ट्राइप र खल्ती स्टक हब सार्वजनिक गरी आफ्नो सेवा इकोसिस्टमलाई थप विस्तार गरेको छ। आइएमई खल्तीले एक्स्पोलाई प्रयोगकर्तासँग प्रत्यक्ष संवाद गर्ने अवसरका रूपमा उपयोग गरेको छ।
प्रयोगकर्ताले खासगरी खल्ती कार्ड, इ-सिम र पर्सनल फाइनान्स च्यालेन्जप्रति रुचि देखाएको कम्पनीले जनाएको छ।
आइएमई खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले एक्स्पोले प्रयोगकर्तासँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूको आवश्यकता बुझ्ने अवसर प्रदान गरेको बताएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
एक्स्पोमा विभिन्न फिनटेक कम्पनी सहभागी थिए।