BIZMANDU
www.bizmandu.com

एनएसीले रेसुंगामा ४ महिनापछि थाल्यो उडान, जाँदा १३ र फर्किंदा जम्मा २ यात्रु

२०८३ असोज २७

एनएसीले रेसुंगामा ४ महिनापछि थाल्यो उडान, जाँदा १३ र फर्किंदा जम्मा २ यात्रु
एनएसीले रेसुंगामा ४ महिनापछि थाल्यो उडान, जाँदा १३ र फर्किंदा जम्मा २ यात्रु

काठमाडौं। गुल्मीको रेसुंगा विमानस्थलमा पुन: उडान सुरु भएको छ। प्रतिकूल मौसमका कारण रेसुंगामा करिब चार महिनादेखि बन्द रहेको उडान मंगलबार सुरु भएको हो।

GBIME
Tata

नेपाल वायुसेवा निगम (एनएसी)को १८ सिटे ट्वीनअटर विमान काठमाडौंबाट १३ यात्रु बोकेर रेसुंगामा अवतरण गरेकामा उताबाट जम्मा दुई यात्रु बोकेर फर्किएको छ। निगमले रेसुंगामा सातामा तीन दिन उडान गर्ने तालिका तय गरेको छ।

एनएसीले काठमाडौंबाट रेसुंगाको भाडा १० हजार ७१० र रेसुंगाबाट काठमाडौंको भाडा १० हजार ५१० रुपैयाँ निर्धारण गरेको छ।

एनएसीले २०८० वैशाख २९ गतेदेखि रेसुंगामा व्यावसायिक रूपमा उडान सुरु गरेकामा प्रतिकूल मौसमका कारण गत जेठ तेस्रो सातादेखि बन्द भएको थियो।