BIZMANDU
www.bizmandu.com

सांसद खगेन्द्रमाथि अनुसन्धान थाल्न उजुरी कुर्दै प्रहरी, रास्वपाको आन्तरिक छानबिन तीब्र

२०८३ असोज २७

सांसद खगेन्द्रमाथि अनुसन्धान थाल्न उजुरी कुर्दै प्रहरी, रास्वपाको आन्तरिक छानबिन तीब्र
सांसद खगेन्द्रमाथि अनुसन्धान थाल्न उजुरी कुर्दै प्रहरी, रास्वपाको आन्तरिक छानबिन तीब्र


काठमाडौं। वाग्मती प्रदेशको पूर्वमन्त्रीलाई अश्लिल गाली र धम्की दिएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद खगेन्द्र सुनारका बारेमा प्रहरीले सुक्ष्म रुपमा हेरिरहेको छ। उच्च स्रोतका अनुसार घट्नालाई गम्भीरतापूर्वक लिएर रास्वपाबाट कुनै निर्देशन आएमा तत्कालै छानविन अघि बढाउने तयारी छ।

GBIME
Tata

‘पीडितबाट उजुरी कुरिरहेका छौं। तर अब आन्तरिक रुपमा अनुसन्धान भने हुन्छ,’ती उच्च प्रहरी अधिकृतले सुनाए। पीडितले सम्वन्धित जिल्लामा उजुरी दिएमा त्यहीबाट अनुसन्धान हुने स्रोतले बतायो। त्यस्तै नेपाल प्रहरीको साइबर ब्यूरो, काठमाडौं अपराध अनुसन्धान कार्यालयले पनि अनुसन्धान गर्न सक्नेछन्। प्रधानमन्त्री कार्यालय वा गृहमन्त्रालयले प्रहरीलाई पत्राचार गरेको खण्डमा पीडितको उजुरी विनानै अनुसन्धान गर्नसक्ने स्रोतले बतायो।

सांसद सुनुवार माथि काभ्रे जिल्ला अदालतमा पनि अझैं मुद्दा विचाराधीन रहेको छ। सांसद सुनारले मंगलबार आफ्नो फेसबुकमा आफूलाई प्रहरीले फसाउन खोजेको र छानविनमा सघाउन तयार रहेको बताएका छन्।

प्रहरीले उनीमाथि साइवर अपराध, ज्यान मार्ने धम्की लगायत विषयमा अनुसन्धान गर्न सक्नेछ। पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएमा सांसदलाई जानकारी दिएर प्रहरीले पक्राउ गर्न सक्ने छ।