काठमाडौं। नेपाली क्रिकेट टोलीले ओमनविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आफ्नो अन्तिम सिरिजको दोस्रो खेलमा नेपालका कप्तान सन्दीप लामिछानेले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
पहिलो खेलमा क्यानडालाई हराएको नेपाल ओमनलाई हराउँदै शीर्ष पाँचभित्र अटाउने सम्भावनालाई बलियो बनाउन चाहन्छ। अर्कोतर्फ ओमन नेपाललाई हराएर आफूलाई शीर्षचारमा सुरक्षित गराउन चाहन्छ। अघिल्लो खेलमा ४८ रन बनाएका गुल्सन झाको स्थानमा आज सन्दीप जोराले खेल्दैछन्।
ओमनको अलमेरत स्टेडियममा आज जित निकाल्न सके नेपालले सातौँ स्थानको क्यानडासँग ३ अंकको अंकदूरी बनाउनेछ भने पाँचौँ स्थानको नामिबियासँग पनि ३ अंकले नै पछि रहनेछ।
नेपालको प्लेइङ ११
अर्जुन कुमाल, आशिफ शेख, इशान पाण्डे, रोहित पौडेल, बसीर अहमद, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी