BIZMANDU
www.bizmandu.com

बरुण हाइड्रोपावरको लाभांश घोषणा, लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर दिने

२०८३ असोज २७

बरुण हाइड्रोपावरको लाभांश घोषणा, लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर दिने
बरुण हाइड्रोपावरको लाभांश घोषणा, लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं। बरुण हाइड्रोपावरले लगानीकर्तालाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

GBIME
Tata

कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले ४.७५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीले कात्तिक ११ गते एक दिनका लागि बुक क्लोज तोकेको छ भने साधारणसभा कात्तिक २० गते हुनेगरी तोकेको छ।

हाइड्रोपावरको चुक्ता पुँजी हाल १ अर्ब १२ करोड २५ लाख ३२ हजार रुपैयाँ छ। विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।