BIZMANDU
www.bizmandu.com

सेबोनले दुई कानुन अधिकृत करारमा पदपूर्ति गर्दै, दरखास्त माग गर्दै सूचना जारी

२०८३ असोज २७

सेबोनले दुई कानुन अधिकृत करारमा पदपूर्ति गर्दै, दरखास्त माग गर्दै सूचना जारी
सेबोनले दुई कानुन अधिकृत करारमा पदपूर्ति गर्दै, दरखास्त माग गर्दै सूचना जारी

काठमाडौं। पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई जना कानुन अधिकृत (सहायक निर्देशक, अधिकृत तृतीय श्रेणी) करारमा लिने भएको छ।

GBIME
Tata

बोर्डमा रिक्त रहेका पदमा स्थायी पदपूर्ति भई नआएसम्मको कामका लागि भन्दै मंगलबार दरखास्त आह्वानसहित सूचना जारी गरेको हो। योग्यता पुगेका आवेदकले २१ दिनभित्र दरखास्त बोर्डको कार्यालयमा वा ईमेलमार्फत बुझाउन सकिने जनाइएको छ।

आवेदकले वाणिज्य कानुन मूल विषय लिई कानुनमा स्नातकोत्तर गरेको हुनुपर्छ। दरखास्त दिने अन्तिम मितिसम्म २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड छ।