BIZMANDU
www.bizmandu.com

बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि पाको र नारायणघाटमा सामसङको मर्मत सेवा अभियान

२०८३ असोज २६

बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि पाको र नारायणघाटमा सामसङको मर्मत सेवा अभियान
बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि पाको र नारायणघाटमा सामसङको मर्मत सेवा अभियान


काठमाडौं । सामसङ नेपालले बाढीबाट प्रभावित समुदायहरुलाई सहयोग गर्न विशेष मर्मत सेवा अभियानको घोषणा गरेको छ।

GBIME
Tata

बाढीपीडित परिवार र समुदायहरु विस्तारै सामान्य जीवनमा फर्कन थालेका बेला मर्मत तथा नयाँ सामान फेर्दा लाग्ने आर्थिक भारलाई कम गर्दै अत्यावश्यक मोबाइल फोन र घरायसी सामानहरु पुनः संचालनमा ल्याउन सहयोग गर्नु यस अभियानको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ।

यस अभियानअन्तर्गत सामसङ नेपालले नारायणघाट सर्भिस सेन्टर र ताम्राकार सर्भिस सेन्टर पाकोमा विशेष मर्मत सेवा केन्द्र संचालन गरेर सामसङका विभिन्न उत्पादनहरुका लागि मर्मत सुविधा प्रदान गरिरहेको जनाएको छ।

घरायसी सामानहरुका लागि घरमै पुगेर सेवा दिने व्यवस्था गरिएको पनि जनाइएको छ। यस अभियानमा मोबाइल उपकरणहरु (स्मार्टफोन र ट्याब्लेट) का साथै फ्रिज, वासिङ मेसिन, टेलिभिजन र अन्य योग्य घरायसी सामानहरु समावेश रहेको भनिएको छ।

यो सेवा क्याम्प नेपाल सरकारले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा र तनहुँका विपद् संकटग्रस्त घोषणा गरिएका १५ वटा स्थानीय तहका बाढी प्रभावित क्षेत्र तथा वरपरका जिल्लाहरुमा लागू हुनेछ।

छनोट भएका सामसङका घरायसी सामानहरूमा पाइने छुट र सुविधाहरू

सामानको उमेर / वारेन्टीमर्मतमा छुटनयाँ फेर्न परेमा सहयोग
वारेन्टी बाँकी भएको१००%१००%
१ – २ वर्ष पुरानो८०%८०%
२ – ५ +  वर्ष पुरानो७०% सम्म छुट७०% सम्म छुट

स्मार्टफोन र ट्याब्लेटसहितका छनोट भएका सामसङ मोबाइल उपकरणहरूमा पाइने छुट र सुविधाहरू

सामानको उमेर / वारेन्टीमर्मतमा छुटनयाँ फेर्न परेमा सहयोग
वारेन्टी बाँकी भएको (In Warranty)१००%१००%
१ – २ वर्ष पुरानो८०%८०%
२ – ४ वर्ष पुरानो७०% सम्म छुट७०% सम्म छुट

यदि सामानका नयाँ पार्टपुर्जा, मर्मत ज्याला र ढुवानी खर्च जोड्दा उक्त सामानको कुल बजार मूल्यको ८० प्रतिशतभन्दा बढी हुन पुगेमा, मर्मत गर्नुको साटो नयाँ सामान उपलब्ध गराउने विषयमा विचार गर्न सकिने कम्पनीले जनाएको छ।

यो विशेष मर्मत सेवा अभियान अक्टोबर २, २०२६ देखि नोभेम्बर २, २०२६ सम्म नारायणघाट सर्भिस सेन्टर र पाको ताम्राकारमा विशेष सर्भिस क्याम्पका रूपमा संचालन भइरहेको जनाइएको छ।

यी स्थानहरुलाई प्रमुख सेवा केन्द्रका रूपमा स्थापना गरेर, सामसङले बाढी प्रभावित जिल्ला र वरपरका क्षेत्रका ग्राहकहरूलाई सेवामा सहज पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।