BIZMANDU
www.bizmandu.com

गरिमा विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई बोनस सेयर र नगद लाभांश

२०८३ असोज २६

गरिमा विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई बोनस सेयर र नगद लाभांश
गरिमा विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई बोनस सेयर र नगद लाभांश


काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

GBIME
Tata

पोखरामा भएको साधारण सभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर र नगद लाभांशको कर सहित) गरेर कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित पेश भएका सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ।

साधारणसभाबाट विकास बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको विकास बैंकको २०८३ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८२/८३ को नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब, इक्वीटिमा भएको परिवर्तन लगायत सो सँग सम्बन्धित अनुसूचीहरु पारित भएको छ।

साथै आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पनि पारित भएका छन्।

हाल विकास बैंकको चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ रहेकोमा यो वार्षिक साधारणसभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर वितरण पश्चात विकास बैंकको जारी तथा चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ पुग्ने जनाइएको छ।

यो विकास बैंकले देशभर १२६ शाखा कार्यालयहरु संचालन गरिरहेको छ।