BIZMANDU
www.bizmandu.com

उदयपुरमा गाँजा तस्करमाथि प्रहरीले बढाउँदै निगरानी, एकैदिन एक हजार ४० केजी बरामद

२०८३ असोज २६

उदयपुरमा गाँजा तस्करमाथि प्रहरीले बढाउँदै निगरानी, एकैदिन एक हजार ४० केजी बरामद
उदयपुरमा गाँजा तस्करमाथि प्रहरीले बढाउँदै निगरानी, एकैदिन एक हजार ४० केजी बरामद


काठमाडौं । उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ।

GBIME
Tata

स्थानीय कटारी नगरपालिका र चौदण्डीगढी नगरपालिका क्षेत्रबाट गाँजा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक युवकसहित गाँजा बोक्न प्रयोग गरिएका बोलेरो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजन चापागाईले जानकारी दिए।

इलाका प्रहरी कार्यालय कटारी र बेल्टारबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–६ स्थित साँगुरी पुल नजिकैको जङ्गल र चौदण्डीगढी नगरपालिका–१ चारघरेबाट गाँजा बरामद गरेको हो।

प्रहरी उपरीक्षक चापागाईंका अनुसार गए राति  पनि कटारी नगरपालिका–६ स्थित साँगुरी पुलनजिकैको जङ्गलबाट पाँचवटा बोरामा राखिएको एक सय केजी गाँजा बरामद गरिएको छ।

तिनतलेबाट सिराहातर्फ उक्त गाँजा लैजाँदै गरेको अवस्थामा ताप्ली गाउँपालिका–२ का २२ वर्षीय विश्वराज राईलाई नियन्त्रणमा लिइएको थियो।

त्यस्तै, चौदण्डीगढी नगरपालिका–१, चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डमा आज बिहान पार्किङ गरी राखिएको बा१४च २२५५ नम्बरको बोलेरोबाट २९ वटा बोरामा राखिएको ९४० केजी ४४० ग्राम गाँजा बरामद भएको छ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। उक्त घटनामा संलग्न अन्य फरार व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। रासस