BIZMANDU
www.bizmandu.com

चीन ठूलो आयातकर्ता भएकाले नेपाली वस्तुको निर्यात बढाउन सकिन्छ : प्रस्तावित राजदूत शर्मा

२०८३ असोज २६

चीन ठूलो आयातकर्ता भएकाले नेपाली वस्तुको निर्यात बढाउन सकिन्छ : प्रस्तावित राजदूत शर्मा
चीन ठूलो आयातकर्ता भएकाले नेपाली वस्तुको निर्यात बढाउन सकिन्छ : प्रस्तावित राजदूत शर्मा


काठमाडौं। चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माले चीनबाट नेपालले व्यापारदेखि पर्यटन लगायत धेरै क्षेत्रमा लाभ लिन सक्ने भन्दै त्यसका लागि कनेक्टिभिटी र बजारीकरणको आवश्यकता औंल्याएका छन्।

GBIME
Tata

उनले सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेस गरेपछि सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा चीन ठूलो आयातकर्ता मुलुक भएकाले नेपालले त्यसको लाभ लिन सक्ने तर त्यसका लागि गुणस्तरमा ध्यान दिनुपर्ने बताए।

‘नेपालका धेरै वस्तु क्वालिटी टेस्टले गर्दा रोकिएका छन्। रड र सिमेन्ट त्यही कारण रोकिएको हो। त्यसैले सबैले क्वालिटीमा मिहेनत गर्नुपर्छ,’ उनले भने, ‘चीन लार्जेस्ट इम्पोर्टर पनि हो। त्यसैले हामीले जतिसक्दो धेरै क्वालिटी, प्याकेजिङ र मार्केटिङमा ध्यान दिनुपर्छ।’

शर्माले दुई देशबीचको व्यापार बढाउन र ढुवानी लागत सस्तो बनाउन रेलमार्ग बनाउनुपर्नेमा जोड दिए। ‘कनेक्टिभिटी राम्रो नहुँदा ढुवानी महँगो भयो। त्यसैले रेलमार्ग चाहिन्छ। चीनले रेलमार्गको डीपीआर बनाइरहेको छ। रेलबाट इकोनोमी डेभलप हुन्छ,’ उनले भने।

उनले पोखरा विमानस्थलमा चीनबाट सिधा हवाई उडान गरेर नेपालमा पर्यटकको संख्या बढाउन सकिने बताए। चिनियाँहरु कम आउको नेपालमै हो। पोखरामा सिधा उडान गरेर पर्यटक बढाउन सकिन्छ,’ उनले भने, ‘चिनियाँहरुका लागि नेपाल आतिथ्य भएको देश हो।’

शर्माले बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयनका लागि चीनबाट ऋण वा अनुदान के लिने भन्नेबारेमा सरकार प्रष्ट हुनुपर्ने बताए।

‘मेगा प्रोजेक्ट अनुदानमा गर्दा फाइदा हुन्छ। नयाँ सरकारले लगानी हो कि अनुदान हो कि स्पष्ट मोडालिटी भन्नुपर्छ। तर, राजदूत एक्लैले ऋण वा अनुदानको निर्णय गर्न सक्दैन। सरकारले नै स्पष्ट भन्नुपर्छ। राजदूतले काठमाडौंले जुन नीति लिन्छ त्यसकै वकालत गर्ने हो,’ उनले भने।

उनले चिनियाँ लगानी भित्र्याउनका लागि नेपालले आफूसँग भएका परियोजना प्रष्टसँग प्रस्तुत गर्नुपर्ने बताए। उनले आफूले नियुक्ति पाएको अवस्थामा लिम्पियाधुरा लिपुलेक नेपालको भूभाग भएको कुरा स्पष्टसँग उठाउने पनि बताए।

शर्माले तातोपानी नाका कूटनीतिक तहमा कुरा गरेर खुलाउन सकिने विश्वास व्यक्त गरे।

त्यसअघि सांसदहरुले उनलाई विभिन्न प्रश्न सोधेका थिए।

सत्तारुढ रास्वपाका सांसद मधुकुमार चौलागाइँले बीआरआइको परियोजनामा अनुदान भित्र्याउन तपाइँको भूमिका के हुन्छ भनेर सोधे। उनले पोखरा विमानस्थल बनाउन लिएको ऋणलाई अनुदानमा परिणत गर्न पहल गर्ने योजनाबारे पनि प्रश्न गरे।

नेकपा एमालेका सांसद प्रेम दंगालले चीनसँग गरेको बीआरआई सम्झौता कार्यान्वयनमा के चुनौती देख्नुहुन्छ भनी प्रश्न गरे।

नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले चीनको राम्रो जानकारी रहेका कारण शर्माले राम्रो काम गर्न सक्नेमा आफू विश्वस्त रहेको भन्दै नेपालमा घटिरहेको चिनियाँ लगानी बढाउन के गर्नुपर्छ र कुन क्षेत्रमा बढाउन सकिन्छ भनेर सोधे।