काठमाडौं। भारतको चर्चित ब्रान्ड जेलियोले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको छ। जेलियोले सोमबार काठमाडौंमा आफ्नो सोरुम खोल्नुका साथै नयाँ विद्युतीय स्कुटर सार्वजनिक गरेको हो।
जेलियोको सोरुम पूर्वऊर्जामन्त्री कुलमान घिसिङले उद्घाटन गरेका छन्। उनले जेलियोका विद्युतीय स्कुटरका नयाँ मोडल पनि सार्वजनिक गरे।

स्कुटरमा आकर्षक तथा आधुनिक डिजाइनसँगै दैनिक प्रयोगलाई ध्यानमा राखेर उच्च दक्षताको इलेक्ट्रिक मोटर, आधुनिक ब्याट्री प्रविधि, डिजिटल डिस्प्ले, आरामदायी राइडिङ, राम्रो स्टोरेज क्षमता तथा सुरक्षा सुविधा समावेश गरिएको छ।
जेलियोका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकका लागि कम्पनी तथा आधिकारिक डिलर नेटवर्कमार्फत फाइनान्स, एक्सचेञ्ज र टेस्ट राइड सुविधा, बिक्रीपछिको सेवा तथा मर्मतसम्भार एवं स्पेयर पार्ट्स र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था रहेको कम्पनीले जनाएको छ।
दसैं तथा तिहारका अवसरमा कम्पनीले आफ्ना ४ वटै मोडलमा १५ हजार रूपैयाँसम्म छुटको अफर ल्याएको छ।

कम्पनीका प्रतिनिधिले नेपालमा विद्युतीय मोबिलिटीको प्रयोग बढिरहेको अवस्थामा जेलियोले ग्राहकको आवश्यकता, बजेट र दैनिक प्रयोगलाई ध्यानमा राखेर आधुनिक तथा किफायती इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने लक्ष्य राखेको बताएका छन्।

कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत रहेका कुलमानले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने अवस्थामा बिजुलीमा भ्याट लगाएर सरकार उल्टो बाटो हिंडेको आरोप लगाए।