BIZMANDU
www.bizmandu.com

पृथ्वी राजमार्गमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्णरुपमा बन्द

२०८३ असोज २६

पृथ्वी राजमार्गमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्णरुपमा बन्द
पृथ्वी राजमार्गमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्णरुपमा बन्द

काठमाडौं। पृथ्वी राजमार्ग सोमबार राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द गरिने भएको छ। धादिङको गलौंदी क्षेत्रमा सडक मर्मतका लागि भन्दै राजमार्ग बन्द गरिने भएको हो।

GBIME
Tata

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले सोमबार अपराह्न सूचना जारी गरी गजुरी गाउँपालिका-५ गलौंदी क्षेत्रमा त्रिशूली नदीको कटान कारण भासिएको सडक थप मर्मत सम्भारका लागि राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म राजमार्गमा सवारी आवागमन बन्द गरिने उल्लेख गरेकी छन्।

असोज २३ गते गलौंदीको सडक भासिएको थियो। २४ गते दिनभरको प्रयासपछि राजमार्ग दुईतर्फी खुलेको थियो।