BIZMANDU
www.bizmandu.com

बालेनले प्रहरीको कार्यक्रममा भने- सरकारले आवश्यक स्रोतसाधन दिन्छ, अनुचित प्रभावमा नपर्नू

२०८३ असोज २६

बालेनले प्रहरीको कार्यक्रममा भने- सरकारले आवश्यक स्रोतसाधन दिन्छ, अनुचित प्रभावमा नपर्नू
बालेनले प्रहरीको कार्यक्रममा भने- सरकारले आवश्यक स्रोतसाधन दिन्छ, अनुचित प्रभावमा नपर्नू


काठमाडौं। प्रधानमन्त्री बालेनले प्रहरीलाई अनुसन्धानका लागि आोश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

GBIME
Tata

उनले सोमबार राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँं समूहको दीक्षान्त समारोहमा अपराधको तथ्यपरक अनुसन्धानका लागि सूचना प्रविधिको सदुपयोगमा जोड दिंदै सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

‘अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेछ। यसमा समग्र प्रहरी संठनको नेतृत्व र प्रशिक्षणलगायतको पनि महत्त्वपूर्ण भूमिका हुन्छ,’ उनले भने, ‘सरकार यस प्रकारको अनुसन्धानका लागि आवश्यक पर्ने स्रोत र साधन उपलब्ध गराउन र यहाँहरूप्रति आफ्नो जिम्मेवारी पूरा गर्न सधैँ प्रतिबद्ध छ।’

बालेनले शान्ति सुरक्षा कायम गर्ने र अपराध अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीको काँधमा रहेको भन्दै अनुचित प्रभावमा नपर्न निर्देशन दिए।

‘यो महत्त्वपूर्ण जिम्मेवारी निभाउँदा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी भेदभाव नगरी आफ्नो कर्तव्यमा कटिबद्ध रहनुहोला। एकल भावले आफ्नो भूमिका र संस्थाको गति चल्दैछ भन्ने पाटोलाई बुझेर नागरिक भावनाअनुरूप काम गर्नुपर्छ,’ उनले भने।

समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए।