BIZMANDU
www.bizmandu.com

मालढुंगा पुलको क्षतिग्रस्त पहुँचमार्ग निर्माण अन्तिम चरणमा, यातायात संचालन गर्ने तयारी

२०८३ असोज २६

मालढुंगा पुलको क्षतिग्रस्त पहुँचमार्ग निर्माण अन्तिम चरणमा, यातायात संचालन गर्ने तयारी
मालढुंगा पुलको क्षतिग्रस्त पहुँचमार्ग निर्माण अन्तिम चरणमा, यातायात संचालन गर्ने तयारी

काठमाडौं। बागलुङ र पर्वत जोड्ने मालढुंगा पुलको क्षतिग्रस्त पहुँचमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

GBIME
Tata

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार रातिसम्म ग्याबियन जाली र माटो भर्ने काम सम्पन्न गरी अवरुद्ध सडक संचालनमा ल्याउने तयारी गरिएको छ।

असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पुलको पहुँचमार्गमा क्षति पुर्‍याएको थियो। पहुँचमार्ग क्षतिग्रस्त भएपछि पुल हुँदै हुने यातायात आवागमन प्रभावित बनेको थियो।

क्षतिग्रस्त सडक मर्मत गरी यातायात संचालनमा ल्याउन निर्माणको काम अघि बढाइएको छ। बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदीमाथिको मोटरेबल पुलबाट आजैदेखि सवारीसाधन संचालन गर्ने लक्ष्य राखिएको मन्त्री लम्सालले बताएका छन्।