BIZMANDU
www.bizmandu.com

क्यानडालाई २४ रनले हराउँदै नेपाल छैटौँ स्थानमा, रोहितको शतकले दिएको राहत

२०८३ असोज २५

क्यानडालाई २४ रनले हराउँदै नेपाल छैटौँ स्थानमा, रोहितको शतकले दिएको राहत
KLANG, MALAYSIA - SEPTEMBER 12: Pictures from the final match between Nepal and UAE held at the Bayuemas Oval on September 12, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council


काठमाडौं। नेपाली क्रिकेट टोलीले क्यानडालाई २४ रनले हराएको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमन सिरिजको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई हराएको हो।

GBIME
Tata

ओमनको अलअमेरत स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३५ रनको स्कोर खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको क्यानडा ४८.८ ओभरमा २११ रन बनाएर अलआउट भयो।

क्यानडाका लागि आरोन जोन्सनले सर्वाधिक ४४, समित गोएलले ३५ तथा श्रेयस मोभ्वा र हम्जा तारिकले समान २६ रन बनाए पनि नेपाली बलर उनीहरुलाई रोक्न सफल भए। नेपालका लागि नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको नेपालका शीर्ष र तल्लोक्रमका ब्याटरको निराशाजनक प्रदर्शनबीच रोहित कुमार पौडेल र गुल्सन झाले नेपालको इनिङ्स उकासे। यसक्रममा पौडेलले शतकीय इनिङस खेले। उनले ४६.३ ओभरमा १२५ बलमा शतक १ छक्का ८ चौका प्रहार गर्दै आफ्नो तेस्रो एकदिवसीय शतक पूरा गरे। उनी १२७ बलमा १०१ रन बनाएर आउट भए। अर्का ब्याटर गुल्सन झाले ३४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। ४८ रन बनाएर उनी अर्धशतकको नजिकै पुगेका उनले ४७.५ ओभरमा अखिलकुमारले पभेलियन फर्काए।

यी दुई बाहेक बसीर अहमदले ३० तथा अर्जुन कुमालले २३ रन बनाए।

बलिङमा क्यानडाका अखिल कुमारले सर्वाधिक ४ विकेट लिँदा सुखजिन्दरसिंहले ३ तथा जाहिद सिरजादले २ विकेट लिए।

यो जितसँगै नेपालले क्यानडालाई नै पछि पार्दै अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। यो सिरिजको सबै खेल जितेर शीर्ष पाँचभित्र अटाउने नेपालको लक्ष्य छ। शीर्ष चारमा रहँदै सोझै ग्लोबल क्वालिफायर खेल्न भने नेपालले बाँकी सबै खेल जिते पनि अंक पुग्दैन। अर्को खेलमा नेपालले मंगलबार ओमनसँग प्रतिस्पर्धा गर्नेछ।