BIZMANDU
www.bizmandu.com

लगनखेल बजारमा दसैंको किनमेल गर्नेको भिड, मंगलबजारदेखि लबिम मलसम्म ‘सेल’ (तस्विरहरु)

२०८३ असोज २५

लगनखेल बजारमा दसैंको किनमेल गर्नेको भिड, मंगलबजारदेखि लबिम मलसम्म ‘सेल’ (तस्विरहरु)
लगनखेल बजारमा दसैंको किनमेल गर्नेको भिड, मंगलबजारदेखि लबिम मलसम्म ‘सेल’ (तस्विरहरु)

काठमाडौं । आजदेखि देश नै दसैंमय बनेको छ। घटस्थापना सुरु भएसँगै मानिसहरु आआफ्नो घर जान थालेका छन्। सँगै उनीहरु किनमेलमा पनि व्यस्त हुन थालेका छन्।

GBIME
Tata

पछिल्लो समय ललितपुरको लगनखेल बजार पनि किनमेलका लागि महत्वपूर्ण हबका बन्दै आएको छ। सस्तो र राम्रो कपडाको खोजी गर्दै त्यहाँ मानिस पुग्ने गर्छन्।

आज पनि लगनखेल बजारमा खरिदकर्ताहरुको भिड लाग्यो। आइतबार बिदाको दिन हुँदा पनि अधिकांश खुद्रा पसलहरुमा मानिसको घुइँचो थियो। कपडादेखि जुत्ता, इलेक्ट्रोनिक्स, चंगा लगायतका पसलमा घम्साघम्सी जस्तै थियो दृश्य।

उता मंगलबजारदेखि लबिम मलसम्मको क्षेत्रमा भने ‘सेल’ चलेको छ। धेरै पसलमा ‘सेल’ लेखिएका बोर्ड टाँसिएका छन्।

दसैंको माहोल सुरु भएसँगै आउने शनिबारसम्म काठमाडौं उपत्यकामा किनमेल गर्न बजार व्यस्त र मस्त भइ रहनेछ।