BIZMANDU
www.bizmandu.com

मलेसियामा व्यवसाय गर्दै आएका न्यौपानेले दधीकोटमा खोले आवासीय तालिम केन्द्र

२०८३ असोज २५

मलेसियामा व्यवसाय गर्दै आएका न्यौपानेले दधीकोटमा खोले आवासीय तालिम केन्द्र
मलेसियामा व्यवसाय गर्दै आएका न्यौपानेले दधीकोटमा खोले आवासीय तालिम केन्द्र

काठमाडौं। २५ वर्षदेखि मलेसियामा व्यवसाय गर्दै आएका खगेन्द्र न्यौपानेले युवाहरुलाई सिप सिकाउन भन्दै भक्तपुरको दधीकोटमा तालिम केन्द्र खोलेका छन्। उनले अरु तीन व्यवसायीसँग मिलेर एभरेष्ट मल्टी स्किल प्रालि नामको आवासीय केन्द्र खोलेका हुन्।

GBIME
Tata

उनका अनुसार कम्पनीले सीटीइभीटीसँग विभिन्न ३० वटा तालिम सञ्चालनको अनुमति लिएको छ। तालिम केन्द्र १५० शय्याको हो।

न्यौपानेले सीप नभएका नेपाली युवाले विदेशमा निकै दुःख पाउने गरेको र पारिश्रमिक पनि कम पाउने गरेकाले तालिम केन्द्र सञ्चालनमा ल्याएको बताए।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आइतबार तालिमम केन्द्र उद्‍घाटन गरेका छन्। उनले तालिम केन्द्र स्थापनाले बजारमा सीपयुक्त दक्ष जनशक्ति आपूर्ति गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। रासस