BIZMANDU
www.bizmandu.com

रोहितले शतक बनाउँदा अर्धशतकमा पुगेनन् गुल्सन,  क्यानडासामू २ सय ३६ रनको लक्ष्य

२०८३ असोज २५

रोहितले शतक बनाउँदा अर्धशतकमा पुगेनन् गुल्सन,  क्यानडासामू २ सय ३६ रनको लक्ष्य
रोहितले शतक बनाउँदा अर्धशतकमा पुगेनन् गुल्सन,  क्यानडासामू २ सय ३६ रनको लक्ष्य


काठमाडौं। नेपाली क्रिकेट टोलीले क्यानडासामू २ सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ।  क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आफ्नो अन्तिम सिरिजको पहिलो खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३५ रन बनाएको हो।

GBIME
Tata

नेपालका शीर्ष र तल्लोक्रमका ब्याटरको निराशाजनक प्रदर्शनबीच रोहित कुमार पौडेल र गुल्सन झाले नेपालको इनिङ्स उकासे। यसक्रममा पौडेलले शतकीय इनिङस खेल। उनले ४६.३ ओभरमा १२५ बलमा शतक १ छक्का ८ चौका प्रहार गर्दै आफ्नो तेस्रो एकदिवसीय शतक पूरा गरे। उनी १२७ बलमा १०१ रन बनाएर आउट भए। अर्का ब्याटर गुल्सन झाले ३४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। ४८ रन बनाएर उनी अर्धशतकको नजिकै पुगेका उनले ४७.५ ओभरमा अखिलकुमारले पभेलियन फर्काए।

यी दुई बाहेक बसीर अहमदले ३० तथा अर्जुन कुमालले २३ रन बनाउन बाहेक अन्यले दोहोरो अंकको रननै बनाउन सकेनन्।

बलिङमा क्यानडाका अखिल कुमारले सर्वाधिक ४ विकेट लिँदा सुखजिन्दरसिंहले ३ तथा जाहिद सिरजादले २ विकेट लिए।    

क्यानडा केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।